― Advertisement ―

पर्खनुहोस्, के यो वास्तवमै राम्रो गेमिङ ल्यापटप सम्झौता हो? यो Gigabyte A16 मा RTX 5070 र 32GB को RAM $ 1,249 को लागि सुविधा...

यो कुनै गोप्य कुरा छैन कि आजकल गेमिङ ल्यापटपमा राम्रो सम्झौता पाउन गाह्रो छ। कम्पोनेन्टहरूको बढ्दो मूल्यले वास्तवमा सबै मेसिनहरूमा असर गरेको छ —...
HomeLatest newsअन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेल्न नेपाली वादोरियो कराते टोली भारत प्रस्थान

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेल्न नेपाली वादोरियो कराते टोली भारत प्रस्थान


राष्ट्रिय

समाचार.

  • नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली वादोरियो कराते टोली भारतको विसाखापटनम प्रस्थान गरेको छ।
  • प्रतियोगिता जनवरी ३० देखि फेब्रुअरी १ सम्म हुनेछ र पुरुष तथा महिला विभिन्न तौल वर्गमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
  • टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुभकामना दिंदै बिदाइ कार्यक्रम आयोजना गरेका थिए।

१४ माघ, काठमाडौं । नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली वादोरियो कराते टोली बिहीबार भारतको विसाखापटनम प्रस्थान गरेको छ ।

जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा राजु बुढाथोकी, ५५ केजीमा विसन थापा मगर, ४५ केजीमा रिजन बुढा मगर र ३० केजीमा शिशीर थापाले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ६० केजीमा दिया पहरी तथा ४५ केजीमा स्वेता तारा गुरुङ सहभागी हुने छन् । अफिसियलमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी र निर्णायकमा सागर काफ्ले छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।





Read More