― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsअनुमतिबिना नाम र तस्वीर प्रयोग नगर्न क्यान सचिव खड्काको अनुरोध

अनुमतिबिना नाम र तस्वीर प्रयोग नगर्न क्यान सचिव खड्काको अनुरोध


News Summary

Generated by OK AI. Editorially reviewed.

  • पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम र तस्वीर बिना अनुमति प्रयोग भएको भन्दै आपत्ति जनाएका छन्।
  • पारसले विभिन्न बेटिङ साइट र गैरकानुनी गतिविधिको विज्ञापनमा आफ्नो नाम र फोटो प्रयोग भएको स्पष्ट पारेका छन्।
  • उनले यस्तो कार्यले आफ्नो मान–मर्यादामा क्षति पुगेको र कानुनविरुद्ध भएको स्मरण गराउँदै भ्रामक सूचनामा नफस्न आग्रह गरेका छन्।

१४ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवम् नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम र तस्वीर बिना अनुमति प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्।

विभिन्न सामाजिक सञ्जालमा विज्ञापन तथा अन्य प्रयोजनका लागि उनको नाम, तस्वीर र चिन्हहरू उनको अनुमति र जानकारीबिना प्रयोग भइरहेको जनाउँदै पारसले ती गतिविधिमा आफू कुनै पनि रूपमा संलग्न नभएको स्पष्ट गरेका छन्।

पछिल्लो समय विभिन्न बेटिङ साइट लगायत गैरकानुनी गतिविधिको विज्ञापनमा पारसको नाम र फोटो प्रयोग भएको देखिएको छ ।

बारम्बार रिपोर्ट गरे पनि बेवास्ता गरिएको भन्दै उनले यस्तो कार्यले आफ्नो मान–मर्यादामा क्षति पुगेको बताएका छन्।

साथै, कसैको मञ्जुरीबिना नाम, तस्वीर वा चिन्ह प्रयोग गर्नु कानुनविरुद्ध भएको स्मरण गराउँदै उनले भ्रामक सूचनामा नफस्न र नफैलाउन सबैलाई आग्रह गरेका छन्।

पारस मात्र नभएर विभिन्न सेलिब्रेटीको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा यस्ता गतिविधिहरू बढिरहेका छन् ।





Read More