― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsअनलाइनखबरकर्मी शर्मालाई उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार

अनलाइनखबरकर्मी शर्मालाई उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार



२६ मंसिर,बुटवल । रूपन्देही व्यापार संघले उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार-२०८२ बाट अनलाइनखबरका बुटवल संवाददाता टोपराज शर्मालाई पुरस्कृत गरेको छ ।

संघले हरेक दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष अनलाइनखबरकर्मी शर्मासँगै कान्तिपुर टेलिभिजनकी उपसम्पादक अमृता अनमोललाई संयुक्तरुपमा प्रदान गरेको हो ।

जिल्लाको समग्र आर्थिक विषयसँगै संस्थाले व्यवसायिक हक हितका पक्षमा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरेका गतिविधिका विषयमा खोजमूलक समाचार प्रकाशन तथा प्रशारण गरेको मूल्याङकन गरी उनीहरुलाई पुरस्कृत गर्ने निर्णय भएको संघका महासचिव फर्सुराम पन्तले बताए ।

पुरस्कारको राशी जनही बाह्र हजार पाँच सय रुपैयाँ रहेको छ । पत्रकारद्वय शर्मा र अनमोललाई लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री विष्णु पन्थी, संघका अध्यक्ष दीपक अधिकारी, नवनिर्वाचित अध्यक्ष प्रकाश ढकाल लगायतले सम्मानपत्र प्रदान गरेको थिए । सो अवसरमा बोल्दै पूर्वमन्त्री पन्थीले रुपन्देही प्रदेशकै आर्थिक र औद्योगिक केन्द्र भएको चर्चा गर्दै स्वदेशी उद्योगी र व्यवसायीलाई संरक्षण गर्ने निजी क्षेत्रमैत्री नीति र कानूनको अझै अभाव रहेको औंल्याए ।

पन्थीले निजी क्षेत्र नै देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले नीजि क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने बताए ।

संघका अध्यक्ष दीपक अधिकारीले संघले सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पतालमा एक करोड बढी लगानीमा ब्लड बैंक स्थापना गरेको र त्यसको दीगो सञ्चालनमा तीनै तहका सरकारको साथ आवश्यक रहेको बताए ।





Read More