― Advertisement ―

NBN मूल्यहरू 2 हप्ता भन्दा कममा बढ्न सेट गरिएको छ – यो धेरै ढिलो हुनु अघि अब एक कम लागत योजना लक गर्नुहोस्

यदि तपाईंले आफ्नो NBN योजनालाई अझ किफायती वा सायद अहिलेको भन्दा छिटो किनमेल गर्ने योजनामा परिवर्तन गर्ने विचार गरिरहनुभएको छ। थप पढ्नुहोस्
HomeLatest newsअतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय


राष्ट्रिय

समाचार.

  • स्वास्थ्य मन्त्रालयले रिक्त अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) पदका लागि बढुवा प्रक्रिया सुरु गरेको छ।
  • डा. टंकप्रसाद बाराकोटीले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो भने डा. संगीता कौशल मिश्राको राजीनामा मन्त्रालयलाई थाहा छैन।
  • अख्तियारले डा. मिश्रामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ र उनी निलम्बन अवस्थामा छिन्।

२७ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को एक पदका लागि बढुवा प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयको बढुवा समिति सचिवालयले गत शुक्रबार सूचना प्रकाशित गर्दै नेपाल स्वास्थ्य सेवाअन्तर्गत १२औँ तहमा बढुवा प्रक्रिया सुरु गरेको हो । प्रकाशित सूचनाअनुसार कार्यसम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गरिनेछ ।

सूचनामा गत असार मसान्तसम्म पाँच वर्ष सेवा अवधि पूरा गरेका एघारौँ तहका अधिकृत कर्मचारीहरूले आवेदन दिन सक्ने उल्लेख छ ।

योग्य उम्मेदवारहरूले मन्त्रालयको वेबसाइटमार्फत व्यक्तिगत विवरण फाराम डाउनलोड गरी सम्बन्धित निकायबाट प्रमाणित गराएर तोकिएको समयभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पेस गर्नुपर्नेछ ।

अतिरिक्त स्वास्थ्य सचिव रहेका डा. टंकप्रसाद बाराकोटीले कार्यकाल सकिन अझै दुई वर्ष बाँकी छँदै गत १९ कात्तिकमा राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो । सोही रिक्त पदमा अहिले बढुवा प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

डा. मिश्राको राजीनामा स्वीकृत भएको जानकारी मन्त्रालयलाई छैन

तीन महिना बित्न लागिसक्दा पनि मन्त्रालयको अतिरिक्त स्वास्थ्य सचिव रहेकी डा. संगीता कौशल मिश्राले दिएको राजीनामा बारेमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको छैन ।

अतिरिक्त स्वास्थ्य सचिवको राजीनामा स्वीकृत मन्त्रिपरिषद्ले गर्नुपर्ने हुन्छ । जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वको सरकारमा जान स्वास्थ्य मन्त्रालयको १२औं तहकी अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको नाम सिफारिस भएको थियो ।

उनी स्वास्थ्य सचिवको आकांक्षी समेत थिइन् । सरकारले उनको साटो डा. विकास देवकोटालाई सचिव बनाएपछि मिश्रा लामो बिदामा बसेकी थिइन् ।

जेनजी आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी मन्त्रालय जान थालेकी थिइन् । स्वास्थ्य मन्त्रीको रूपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उनले राजीनामा दिएकी थिइन् ।

स्वास्थ्य मन्त्रीको रूपमा मिश्राको नाम चर्चामा आउन थालेपछि अख्तियारका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई ‘उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै भ्रष्टाचारको आरोपपत्र दर्ता हुनसक्ने’ जानकारी गराएको थियो ।

त्यसपछि मिश्राको नाम एकाएक रोकिएको थियो । त्यसको केही समयपछि स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचार मुद्दा पेस गरेको हो ।

उनीहरूमाथि थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ बिगो दाबी गरेको छ ।

तर, अहिलेसम्म पनि मन्त्रिपरिषद्ले डा. मिश्राले राजीनामा दिएको र स्वीकृत भएको जानकारी स्वास्थ्य मन्त्रालयलाई गराएको छैन ।

नाम सिफारिस नै हुँदा मिश्राले राजीनामा दिएको र स्वीकृत भइसकेको बताइएको थियो । तर अहिले डा. मिश्रा भ्रष्टाचार गरेको आरोप निलम्बनमा छिन् ।

स्वास्थ्य मन्त्रालयका सहसचिव दिवस आचार्य डा. मिश्राको पद रिक्त भएको मन्त्रालयलाई जानकारी नभएको बताउँछन् ।

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. टंक बाराकोटीले गत कात्तिकमा स्वास्थ्य र पारिवारिक कारणले देखाउँदै राजीनामा दिएपछि अतिरिक्त सचिवको पद खाली थियो ।

स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवमा ४ जना हुन पाउने व्यवस्था छ । हाल डा. श्रीकृष्ण श्रेष्ठ र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरबहादुर ढकाल अतिरिक्त सचिवको पदमा छन् ।

‘डा. मिश्राले राजीनामा दिएको वा स्वीकृत भएको भन्ने मन्त्रालयलाई जानकारी प्राप्त भएको छैन । अहिले डा. मिश्रा निलम्बन भएको जानकारी प्राप्त भएसँगै उहाँलाई पत्र भने पठाएका छौं,’ आचार्यले अनलाइनखबरसँग भने, ‘अतिरिक्त सचिव रिक्त एक पदमा मात्रै बढुवाको प्रक्रिया अघि बढेको हौं ।’





Read More