― Advertisement ―

मार्वल प्रतिद्वन्द्वीले अब अन्ततः हामीलाई कालो बिरालोको रूपमा खेल्न दिन्छ, तर उनको डरलाग्दो आसनले मलाई उनको पीठको लागि चिन्तित बनाउँछ – ‘मलाई थाहा छ...

Seavel>Seavel> अन्ततः ब्ल्याक क्याटलाई ड्युलिस्टको रूपमा थप्छउनको चरित्र चयन पोजले यसको अप्ठ्यारो स्थितिको लागि हलचल पैदा गरेको छ केही खेलाडीहरूले सुझाव दिएका छन् कि...
HomeLatest newsअझै बस्न सेकन सुदूरपश्चिम प्रदेश सभा बैठक, विधेयक अलपत्र

अझै बस्न सेकन सुदूरपश्चिम प्रदेश सभा बैठक, विधेयक अलपत्र


जेनजी आन्दोलनमा जलाइएको प्रदेश सभा भवन ।



१२ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाउन ढिलाइ हुँदा विभिन्न विषयसँग सम्बन्धित पाँच वटा विद्येयक अलपत्र परेका छन् । २४ भदौको जेनजी आन्दोलनमा भौतिक संरचनामा आगजनी र तोडफोड गरेका कारण प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।

तर, जेनजी आन्दोलनमा ध्वस्त पारिएका संरचना चार महिनासम्म पनि पुन: निर्माण तथा मर्मत सम्भार नभएपछि प्रदेश सभाको बैठक बस्न सकेको छैन । सोही कारण प्रदेश सभा सचिवालयमा दर्ता भएका पाँच वटा विद्येयकमाथिको काम कारबाही अघि बढ्न सकेको छैन् ।

प्रदेश सभा सचिवालयकाअनुसार केही वन ऐन संशोधन विद्येयक, टीकापुर प्राविधिक विश्वविद्यालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विद्येयक, बडघर भलमन्सा प्रथा सम्बन्धी विद्येयक, दलित सशक्तिकरण संशोधन विद्येयक र स्थानीय सेवा सम्बन्धी ऐन संशोधन विद्येयक यसअघि नै दर्ता भएका छन् । चार महिनादेखि प्रदेश सभाको बैठक नबसेका कारण सचिवालयमा दर्ता भएका यी विद्येयकले प्रदेश सभा बैठकमा प्रवेश पाएका छैनन् ।

प्रदेश सभा सचिवालयको भवनमा आगजनी र तोडफोड गरिएकाले संरचना मर्मत सम्भार  र पुन: निर्माणमा समय लागेका कारण बैठक बस्न नसकेको जनाएको छ । प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जति सक्दो चाडो प्रदेश सभाको बैठक बस्ने प्रयास भएपनि संरचना तयार नभएकै कारण सम्भव नभएको बताए ।

संरचना मर्मत सम्भार र पुन: निर्माणको काम नसकिएपछि सचिवालयले बैठकबारे निर्णय लिन नसकेको उनी बताउँछन् । ‘जेनजी आन्दोलनमा जलाइएका संरचनाको मर्मत सम्भार गरेर प्रदेश सभा बैठक बस्ने भवन तयार गर्ने काम भइरहेको छ । सबै संरचना ध्वस्त भएका कारण समय लागेको हो,’ सचिव बोगटीले भने, ‘कुर्सी, टेबुल र माइक जोड्ने काम चलिरहेकाले सम्भव: छिट्टै बैठक बोलाउन सकिन्छ ।’

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले भने प्रदेश सभाको बैठक चाडो बोलाउने गरी व्यवस्थापन गर्न सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गर्दै आएका छन् । कांग्रेसका प्रमुख सचेतक बिक्रम सिंह धामी र एमाले प्रमुख सचेतक चक्रबहादुर मल्लले शुक्रबार समेत सभामुखसँग छलफल गरेका छन् ।

उनीहरुले मर्मत सम्भार भइरहेका संरचनाको निरीक्षण गर्दै बैठक बोलाउने बारे छलफल गरेको बताएका छन् । ‘एमालेका प्रमुख सचेतकसहित हामीले प्रदेश सभाको बैठकका सम्बन्धमा आज पनि सभामुख ज्यूसँग छलफल गरेका छौं,’कांग्रेस प्रमुख सचेतक धामीले भने, ‘तर संरचना मर्मत सम्भार नभएकै कारण केही ढिलो भइरहेको कुरा छ । प्राविधिक कुराको सबै व्यवस्थापन भएपछि बैठक बोलाउने कुरा छ ।’

प्रदेश सभाको बैठक बोलाएर सचिवालयमा विचाराधीन अवस्थामा रहेका विद्येयक अघि बढाउनुपर्छ भन्ने पक्षमा सरकार पनि दृढ रहेको उनी बताउँछन् ।

एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले जेनजी आन्दोलनपछि अवरुद्ध रहेको प्रदेशसभाको बैठक सञ्चालन गरेर राजनीतिक सन्देश दिएर ऐन, कानुुन निर्माणको काम अघि बढाउनुुपर्ने पक्षमा एमाले रहेको बताए ।

‘प्रदेश सभाको बैठक सञ्चालन गरेर समसामयिक विषयवस्तुसँग सम्बन्धीत ऐन कानन निर्माणको काम अघि बढाउनुुपर्छ भन्ने पक्षमा हामी छौं’, मल्लले भने, ‘केही प्राविधिक तयारी नपुगेका कारण ढिलाइ भइरहेको कुरा छ ।अब केही दिनमा बैठक बस्छ होला ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More