५ माघ, धनगढी । नेकपा एमालेले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार परिवर्तन गरेको छ । शनिबारको सचिवालय बैठकले अछाम इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर अहिले भने उनको सट्टा दिपक साउदलाई टिकट दिइएको एमालेले जनाएको छ । तत्कालीन नेकपा माओवादीका नेता रहेका साउद जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय सदस्य बनेका थिए ।
प्रलोपाको केन्द्रीय सदस्य रहेकै अवस्थामा एमालेले उनलाई उम्मेदवार बनाएको हो । स्रोतकाअनुसार एमालेले सचिवालयबाट टुङ्गाएका उम्मेदवार बोहराकै समर्थनमा उनलाई एमालेले अघि सारेको हो ।
यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट भीम रावल उम्मेदवार बन्दैछन् । रावल एमालेमै भएका बेला २०७९ सालको निर्वाचनमा भने एमालेबाट झपट बोहराले टिकट पाएका थिए ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

