― Advertisement ―

पेन्टागनले $ 75 मिलियन बम सम्झौतामा यति चुपचाप हस्ताक्षर गर्यो कि यो कहिले पनि आफ्नै अनुबंध सूचीमा देखा परेन।

बोइङको नयाँ ल्यान्डरेन्जको लागि $7 मिलियनको नयाँ सम्झौता मार्गनिर्देशन बमGBU-75 बमले टर्बोजेट इन्जिन प्रयोग गरेर 300 समुद्री माइल भन्दा बढी यात्रा गर्दछबोइङले यो सम्झौता...
Homeराष्ट्रिय समाचारअख्तियारले पनि दियो प्रहरीमा उजुरी, २४ करोडको क्षति दाबी

अख्तियारले पनि दियो प्रहरीमा उजुरी, २४ करोडको क्षति दाबी



१८ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रहरीमा उजुरी दिएको छ । गत २३ र २४ भदौमा भएको आन्दोलनको क्षति विवरण सहित अख्तियारले जिल्ला प्रहरी परिसरमा उजुरी दिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले उजुरी प्राप्त भएको जानकारी दिए ।

अख्तियार स्रोतका अनुसार जेनजी आन्दोलनमा २४ करोड क्षति भएको दाबीसहित प्रहरीमा उजुरी दिइएको हो ।

आजै सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका थिए ।

जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै जाहेरी परेको हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More