― Advertisement ―

HomeLatest newsअकबरे खुर्सानीमा फेरि भेटियो विषादी – KhabarHost

अकबरे खुर्सानीमा फेरि भेटियो विषादी – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कालीमाटी फलफूल तथा तरकारी बजारमा मकवानपुरका दुई किसानबाट ल्याइएको अकबरे खुर्सानीमा ४९.०३२ र ५१.४४६ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको छ।
  • सरकारले अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्र उपभोगयोग्य मानेको छ भने ४५ प्रतिशतभन्दा बढी भएमा अयोग्य मानिएको छ।
  • गत बिहीबार कालीमाटी बजारमा हरियो फर्सी, काँक्रो र घिरौँलामा पनि अत्यधिक विषादी भेटिएको थियो र असार अन्तिम साता रायो साग र घिउसिमीमा विषादी भेटिएको थियो।

३० असोज, काठमाडौं । पछिल्लो समय तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिन थालेको छ ।

आज बिहीबार पनि मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषदी भेटिएको छ ।

मकवानपुरका दुई किसानबाट कालीमाटी बजारमा बेच्न ल्याइएका अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बिहीबार कालीमाटी बजार भित्रिएको अकबरे खुर्सानीमा ४९.०३२ र ५१.४४६ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो । केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण क्रममा अकबरे खुर्सानीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त अकबरे खुर्सानी उपभोग गर्न अयोग्य छ । यसअघि सोमबार मात्रै मकवानपुरबाटै ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत विषादी भेटिएको थियो ।

अर्गानोफस्फेटको दर ३५ भन्दा कम हुँदालाई मात्रै सरकारले उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाइएको छ।

यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ । यस्तै गएको बिहीबार (२३ असोज) मा मात्रै कालीमाटी तरकारी बजारमै बेच्न ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।

यसअघि असार अन्तिम साता पनि पनि रायो साग, घिउसिमी लगायत तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More