― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest news७ उद्योगलाई फलाम, ग्रेनाइट र चुनढुंगा उत्खनन गर्न सरकारी जग्गा प्रयोग स्वीकृति

७ उद्योगलाई फलाम, ग्रेनाइट र चुनढुंगा उत्खनन गर्न सरकारी जग्गा प्रयोग स्वीकृति


राष्ट्रिय

समाचार.

  • सरकारले सात उद्योगलाई फलाम, ग्रेनाइट र चुनढुंगा उत्खननका लागि सरकारी जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।
  • शक्ति मिनरल्स प्रालिलाई पाल्पा धनुषामा रहेको २१.४१ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।
  • रिद्धिसिद्धि सिमेन्ट, बाबा माइन्स, बिग प्लस मिनरल्स, केके लाइम्स र अन्नपूर्ण मिनरल्सलाई पनि विभिन्न स्थानमा राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।

१६ मंसिर, काठमाडौं । सरकारले विभिन्न उद्योगलाई फलाम, ग्रेनाइट र चुनढुंगा उत्खनन गर्न सरकारी जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सात उद्योगलाई सरकारी जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो ।

सरकारले शक्ति मिनरल्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यका लागि पाल्पा माथागढी गाउँपालिका–७ धनुषामा रहेको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

त्यस्तै विशक्ति होल्डिङ्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यका लागि चितवन राप्ती नगरपालिका–१३ स्थित राष्ट्रिय वनको २०.१४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत सरकारले गरेको छ ।

रिद्धिसिद्धि सिमेन्ट लिमिटेडलाई चुनढुंगा उत्खनन गर्न मकवानपुर भीमफेदी गाउँपालिका–७ स्थित राष्ट्रिय वनको २१.६३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।

त्यस्तै बाबा माइन्स एन्ड मिनरल्स प्रालिाई चुनढुंगा उत्खननका लागि मकवानपुर भीमफेदी गाउँपालिका–५ मा रहेको राष्ट्रिय वनको ४.९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत भएको छ ।

यस्तै बिग प्लस मिनरल्स प्रालिलाई ग्रेनाइट उत्खनन गर्न मकवानपुर भीमफेदी गाउँपालिका–५ स्थित राष्ट्रिय वनको ४.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

केके लाइम्स एन्ड इन्डस्ट्रिज प्रालिलाई चुनढुंगा उत्खनन गर्न उदयपुर चौदण्डीगढी नगरपालिका–८ मा रहेको राष्ट्रिय वनको २ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि भएको छ ।

त्यस्तै अन्नपूर्ण मिनरल्स प्रालिलाई फलाम उत्खनन गर्न मकवानपुर  बागमती गाउँपालिका–६ मा रहेको राष्ट्रिय वनको ४.९६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More