― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest news६ गोल ‘थ्रिलर’ मा लिभरपुल बराबरीमा रोकियो – KhabarHost

६ गोल ‘थ्रिलर’ मा लिभरपुल बराबरीमा रोकियो – KhabarHost



२१ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल बराबरीमा रोकिएको छ । ६ गोल ‘थ्रिलर’ मा लिभरपुल लिड्स युनाइटेडसँग ३-३ को बराबरीमा रोकिएको हो ।

खेलका सबै गोल दोस्रो हाफमा भएका थिए । लिभरपुलले दुई गोलको अग्रता लिएर पनि बराबरी भएपछि फेरि लिएको अग्रता पनि जोगाउन सकेन ।

खेलको ४८औं र ५०औं मिनेटमा ह्युगो एकिटिकले गोल गर्दै लिभरपुललाई दुई मिनेटभित्र दुई गोलको अग्रता दिलाएका थिए ।

७३औं मिनेटमा डोमिनिक क्यालभर्ट लेविनले पेनाल्टीमार्फत गोल गरे भने त्यसको दुई मिनेटमा एन्टन स्टाकले गोल गरेपछि लिड्सले खेल बराबरीमा ल्यायो ।

८०औं मिनेटमा डोमिनिक सोबोस्लाइले गोल गरेपछि लिभरपुल फेरि खेलमा अगाडि आयो ।

तर इन्जुरी समयको छैटौं मिनेटमा लिड्सका एओ तनाकाले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

बराबरीपछि लिभरपुल १५ खेलबाट २३ अंकसहित आठौं स्थानमा छ भने लिड्स १५ अंकसहित १६औं स्थानमा छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More