― Advertisement ―

यस पूर्व-निर्मित गेमिङ पीसीमा RTX ५०६० र Best Buy मा ३२GB DDR5 RAM सँग $200 छुट प्राप्त गर्नुहोस्

हालसालै राम्रो मूल्यमा PC पार्ट्सहरू फेला पार्न गाह्रो भइरहेको छ, विशेष गरी चलिरहेको RAM संकटको साथ। धन्यबाद, तपाईंले अहिले नै सबै समस्याहरू बाइपास...
HomeLatest news५९ वर्षीय छिमेकीबाटै हत्या, भारत भाग्दा २ महिनापछि खुल्यो रहस्य !

५९ वर्षीय छिमेकीबाटै हत्या, भारत भाग्दा २ महिनापछि खुल्यो रहस्य !


राष्ट्रिय

समाचार.

  • मोरङ प्रहरीले दुई महिनापछि १३ वर्षीया अंशु गौतम हत्या आरोपमा छिमेकी पदमबहादुर अधिकारीलाई पक्राउ गरेको छ।
  • पदमबहादुरले अंशुलाई जंगलमा जबरजस्ती करणी गरी हत्या गरेको र शव छाडेर सामान्य व्यवहार गरेको प्रहरीले खुलाएको छ।
  • पदमबहादुर भारतबाट फर्किएपछि पक्राउ परेका थिए र उनीमाथि बलात्कार र कर्तव्य ज्यानको अनुसन्धान अघि बढाइएको छ।

२१ मंसिर, विराटनगर। प्रहरीका लागि निकै चुनौतीपूर्ण बनेको अंशु गौतम हत्या प्रकरण दुई महिनापछि प्रहरीले सुल्झाएको छ ।

हत्याको दुई महिनापछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित जिल्ला प्रहरी कार्यालय मोरङ समेतको टोलीले हत्याका अभियुक्त पहिचान गरी पक्राउ गर्न सफल भएका छन् ।

मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया बालिका हत्या आरोपमा उनकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

कञ्‍चनपुरकी बालिका निर्मला पन्तकै जस्तो बलात्कार र हत्या भएको तर अभियुक्त पहिचानमा प्रहरी असफल भएको भन्दै तीव्र आलोचना भएको थियो ।

घटनाको दुई महिनापछि बल्ल यो प्रश्नको जवाफ प्रहरीले परिणामबाट दिएको छ । बालिका बेपत्ता भएको दुई महिना र शव भेटिएको ४४ दिनपछि छिमेकी पदमबहादुर पक्राउ परेका छन् ।

घाँस काट्न गएकाहरूले ७ कात्तिकमा बेलबारी–चिसाङ साझेदारी वनभित्र शरीर क्षत–विक्षत अवस्थामा अंशुको शव फेला पारेका थिए ।

घटनापछि ३०० जना बढीसँगको अनुसन्धानपछि पदमबहादुरलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटवालले जानकारी दिए । उनका अनुसार मृतक बालिका र पक्राउ परेका अधिकारी छिमेकी हुन् ।

कसरी भयो हत्या ?

गत २१ असोजमा दिउँसो अंशु छिमेकी समेत रहेकी साथी युरिका महतरासँग नजिकै रहेको स्कूलमा खेलिरहेकी थिइन् । दिउँसो करिब ३ बजे बालिका खेलिरहेको ठाउँमा पुगेका पदमबहादुरसँग युरिकाले पैसा मागिन् । युरिकालाई ५ रुपैयाँ दिएर त्यहाँबाट पदमबहादुरले पठाए ।

त्यसपछि अंशु एक्लै भइन् । अंशुलाई पदमबहादुरले घाँस काट्न सघाइदिन भन्दै फकाए । पैसा दिन्छु भनेपछि उनी घाँस काट्न सघाउनका लागि तयार भइन् । दिउँसो करिब ४ बजे पदमबहादुर साइकलमा हँसिया र डोरी बोकेर जंगलतर्फ लागे । जंगलको छेउमा भेट्ने सल्लाह थियो । बालिका पैदल जंगल छेउ पुगिन् ।

त्यसपछि पदमबहादुरले उनलाई साइकलमा राखेर जंगलभित्र लिएर गए । प्रहरीका अनुसार जंगलभित्र सुनसान स्थानमा घाँस काट्दै गर्दा उनले बालिकालाई शारीरिक सम्बन्धका लागि प्रयास गरे । तर, उनले मानिनन् । नमानेपछि जबरजस्ती करणी गरे । ‘जबरजस्ती करणीपछि हातले घाँटी थिचेर हत्या गरे । घाँटी थिच्दा बालिकाको मृत्यु भयो । तर, उनलाई शंका लाग्यो । त्यसपछि हँसियाले घाँटी रेटेको खुलेको छ।’ एक अनुसन्धान अधिकृतले भने ।

बालिकाको हत्यापछि शव घटनास्थलमै छाडेर उनी सामान्य अवस्थामा जस्तै गरी घाँसको भारी लिएर घर फर्किएका थिए ।

पदमबहादुर घर फर्किए । तर राति अबेरसम्म अंशुको अत्तोपत्तो भएन । आफैंले हत्या गरेका अंशुलाई खोज्न उनै पदमबहादुर अघि सरे । बालिका हराएको भोलिपल्ट परिवारले खोजीका लागि भन्दै प्रहरीमा निवेदन दिएका थिए।

अघिल्लो दिन नै जंगलमा लगेर हत्या गरेका पदमबहादुरले पनि बालिका खोजीका लागि आफन्तलाई सघाइरहे । बालिका भेटिन्छन् भन्दै उनी खोजीमा सक्रिय थिए । परिवारलाई पनि सान्त्वना दिन्थे ।

१८ दिनपछि प्रहरीले बालिकाको शरीर छुट्टाछुट्टै स्थानमा फेला पारेको थियो । उनले लगाएको कपडा पनि छुट्टाछुट्टै स्थानमा थिए ।

‘घाँस काट्ने बहानामा लिएर गएका थिए, जबरजस्ती करणीको प्रतिकार गर्दा बालिकाको ज्यान नै गएको देखिन्छ।,’ मोरङ प्रहरी प्रमुख कटवालले भने ।

छोरा छुटे, बुवा पक्राउ

बालिकाले मोबाइल नबोक्ने र घटना अघि उनलाई देख्ने कोही नभएका कारण अनुसन्धान जटिल थियो । बालिकाको हत्या आरोपी खोज्ने क्रममा प्रहरीले आफन्तसहित १६ जनाको पोलिग्राफ जाँच गरेको थियो । छिमेकी र वृद्ध भएका कारण पदमबहादुर भने शंकाको घेरामै परेनन् ।

सुरुमा छिमेकी भएका कारण सामान्य सोधपुछ गर्दा स्कुलमा भेटेको पदमबहादुरले प्रहरीसँग बताएका थिए । त्यतिबेला युरिकालाई ५ रुपैयाँ दिएको पनि स्वीकारे । अंशुसँग गफ गरेर आफू घर फर्किएको बताएका थिए ।

प्रहरीले घाँस दाउरा लिनका लागि जंगल जानेहरूमाथि निगरानी बढायो । बालिकालाई चिन्ने र बुझ्ने मान्छेमाथि पनि अनुसन्धान गर्‍यो ।

घटनाको सुक्ष्म रूपमा अनुसन्धान गरेको प्रहरीले लेटाङ आउने–जाने मानिसको अवस्थाको पनि अध्ययन गर्‍यो । प्रहरी उपरीक्षक कटवाल अनुसन्धानका क्रममा सामाजिक प्रोफाइल नै तयार गरेको बताउँछन् ।

घटनाअघि र घटनापछि लेटाङमा सक्रिय रहेको मोबाइल नेटवर्कको पनि अनुसन्धान भयो । तर, सबै क्षेत्रबाट अनुसन्धान गर्दा कुनै क्लू फेला परेको थिएन । प्रहरीको अनुसन्धान साँघुरिंदै थियो । १९ कात्तिकमा पदमबहादुर घर छाडेर हिंडे । उनले घर छाड्नु भन्दा अघिल्लो दिन छोरा जेलबाट छुटेका थिए ।

प्रहरी उपरीक्षक कटवालका अनुसार पदमका छोरा सीताराम जबरजस्ती करणी प्रयास उद्योगमा सजाय भुक्तानपछि १८ कात्तिकमा घर फर्किए । ‘छोरा कैद भुक्तान गरेर छुटेपछि बुबाले तँ घर सम्हाल म कमाउन जान्छु भन्दै हिंडेको देखिन्छ’ उनले भने ।

छोरा फर्किएपछि भारत जानुअघि उनले परिवारका सबै सदस्यसँग सल्लाह गरेका थिएनन् । छोरालाई मात्रै सुनाएका थिए । घर छाडेर उनी मेघालय पुगे । त्यहाँ गाई फार्ममा काम गरेको बयान दिएका छन् ।

अनुसन्धानका क्रममा घरमा सल्लाह नगरी भारत गएको खुलेपछि प्रहरीले उनीमाथि शंका गरेको थियो । त्यसपछि आफन्तमार्फत् उनलाई बोलाउन लगाइयो । उनले नआउने बताएपछि प्रहरी टोली नै मेघालय जाने तयारीमा थियो । तर, आफन्तले फकाएपछि अधिकारी १८ मंसिर बेलुका घर फर्किए ।

भोलिपल्ट प्रहरीले ल्याएर अनुसन्धान सुरु गर्‍यो । सुरुमा आरोप अस्वीकार गरेका पदमबहादुरले पछि घटना स्वीकारे । घटनापछि उनले आफूलाई आत्मग्लानी भएको दाबी उनले गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

उनीमाथि बालिका बलात्कार र कर्तव्य ज्यानको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More