― Advertisement ―

‘पागल माग’: केहि म्याक मिनी र म्याक स्टुडियो मोडेलहरू अब एप्पलमा स्टक बाहिर छन्, तर यो स्पष्ट छैन कि कारणहरू के हुन् – RAM...

कुनै स्टुडियो म्याकमिनी मोडेलहरू छैनन् उपलब्धया अभाव RAM र भण्डारण समस्याहरूसँग जोडिएको हुन सक्छयी म्याकहरूको लागि एक M5 चिपसेट रिफ्रेस पनि छिट्टै हुने अपेक्षा...
HomeLatest news५० ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन, जनमतका मात्रै २० जना

५० ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन, जनमतका मात्रै २० जना


राष्ट्रिय

समाचार.

  • समानुपातिक तर्फको बन्दसूचीमा नाम रहेका ५० जनाले निर्वाचन आयोगमा उम्मेदवारी फिर्ताको निवेदन दिएका छन्।
  • उम्मेदवारी फिर्ताका लागि दिउँसो ४ बजेसम्म निवेदन दिन सकिने समय तोकिएको छ।
  • प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा तय भएको छ र प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता माघ ६ गतेसम्म हुनेछ।

२८ पुस, काठमाडौं । समानुपातिक तर्फको बन्दसूचीमा नाम रहेका ५० जनाले उम्मेदवारी फिर्ताको निवेदन निर्वाचन आयोगमा दिएका छन् ।

आयोग स्रोतका अनुुसार यो दिउँसो ३ बजेसम्मको विवरण हो । उम्मेदवारी फिर्ताका लागि दिउँसो ४ बजेसम्म निवेदन दिन सकिने समय छ । यसकारण यो संख्यामा केही थप हुन पनि सक्नेछ ।

उम्मेदवारी फिर्ताका लागि निवेदन दिने ५० जनामा २० जना जनमत पार्टीका छन् ।

जनमत पार्टीले समानुपातिक तर्फ ११० जनाकै नाम बुझाएको छ । २७५ सदस्यीय प्रतिनिधि सभा सदस्यका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीतर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् ।

राजनीतिक दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए । उक्त सूचीमा कलस्टर मिले/नमिलेको हेरेर दलहरूले यही पुस २७ गतेसम्म सच्याइसकेका छन् ।

आज उम्मेदवार स्वयमले उम्मेदवारी फिर्ता लिन चाहेको खण्डमा निवेदन दिने समय हो ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुुसार उम्मेदवारी फिर्ताका लागि उम्मेदवार स्वयमले आयोगमा उपस्थित भएर निवेदन दिनुपर्छ । त्यसपछि आयोगले सम्बन्धित दललाई उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएको भनेर उक्त स्थानमा अर्को उम्मेदवार पठाउन समय दिनेछ ।

प्रतिनिधिसभाको निर्वाचन भने आगामी २१ फागुनमा छ । प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गतेका लागि तय भएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More