― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest news४ सेल अश्रु ग्यास प्रहार, २ राउन्ड हवाई फायर – KhabarHost

४ सेल अश्रु ग्यास प्रहार, २ राउन्ड हवाई फायर – KhabarHost


राष्ट्रिय

समाचार.

  • बाराको सिमरामा कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारीले सकडमा प्रदर्शन गर्दा प्रहरीले चार राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको छ।
  • प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना प्रहरी घाइते भएका छन्।
  • प्रहरीले बुधबार जेनजी युवामाथि आक्रमण गर्ने दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ।

४ मंसिर, काठमाडौं । बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र २ राउन्ड हवाई फायर गरेको छ ।

कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार गरेको हो । त्यसैगरी २ राउन्ड हवाई फायर भएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना घाइते भएको बताइएको छ ।

बुधबार जेनजी युवामाथि आक्रमण गर्नेलाई पक्राउ गर्न भन्दै उनीहरूले दबाब दिइरहेका छन् । प्रहरीले अहिले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।





Read More