― Advertisement ―

AI स्थिरता को लागी एक उत्प्रेरक हुन सक्छ: यहाँ छ किन यो एक विरोधाभास होइन

AI को ऊर्जा मागहरूले सम्पूर्ण कथा बताउँदैन। रणनीतिक रूपमा प्रयोग गरियो, यसले दिगोपन प्रगतिलाई गति दिन सक्छ। थप पढ्नुहोस्
HomeLatest news४० वर्ष मुनीका युवाको कांग्रेस सुधार अभियान, केन्द्रीय संयोजन समिति गठन

४० वर्ष मुनीका युवाको कांग्रेस सुधार अभियान, केन्द्रीय संयोजन समिति गठन


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसमा ४० वर्षमुनिका युवाले १०१ सदस्यीय कांग्रेस सुधार अभियान (यू–४०) केन्द्रीय संयोजन समिति गठन गरेका छन्।
  • समितिले पार्टीको आमुल सुधारका लागि ४० वर्षमुनिका युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चितताका लागि दबाब दिने जनाएको छ।
  • युवा नेता भुवन भट्टले भ्रष्टाचारविरुद्ध खबरदारी र प्राइमरी इलेक्सनको व्यवस्था गराउन समितिले काम गर्ने बताए।

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा आस्थावान ४० वर्षमुनीका युवा संगठित भएका छन् । उनीहरूले १०१ सदस्यीय कांग्रेस सुधार अभियान (यू–४०) केन्द्रीय संयोजन समिति गठन गरेका छन् ।

कांग्रेसको आमुल सुधार र रूपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीका तर्फबाट तीनवटै तहमा हुने निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चितताका लागि दबाब दिन संयोजन समिति गठन गरिएको हो ।

समितिले भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन कायम गर्न, पार्टीका तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा प्राइमरी इलेक्सनको व्यवस्था गराउन र लोकतन्त्रको संरक्षण, सम्वर्द्धनका लागि खबरदारी, नयाँ बहस र पैरवीका लागि सुरुवाती चरणमा प्रतिनिधिमूलक रुपमा समिति गठन गरिएको युवा नेता भुवन भट्टले जानकारी दिए ।

यस्तो छ कांग्रेस सुधार अभियान (यू–४०) केन्द्रीय संयोजन समिति :

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More