― Advertisement ―

AI ले स्प्रेडसिट जस्तै मानिसहरूलाई न्याय गर्छ, र परिणामहरूले वास्तविक परिदृश्यहरूमा विश्वास, पूर्वाग्रह र निर्णय गर्ने गहिरो ढाँचाहरू उजागर गर्दछ।

एआई रिलिमिसिङ संरचनामा भरोसा गर्दा ढाँचाहरूमेसिनहरूले समग्र छापहरू सिर्जना गर्नुको सट्टा मानव विशेषताहरूलाई अलग गर्दछमानिस र एआई दुवैमा योग्यता र अखण्डताले निर्णयहरू हावी गर्दछआधुनिक...
HomeLatest news३ वरिष्ठ सर्जकलाई ‘विशिष्ट साधक सम्मान २०८२’ प्रदान

३ वरिष्ठ सर्जकलाई ‘विशिष्ट साधक सम्मान २०८२’ प्रदान


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, वरिष्ठ गायिका चन्द्रकला शाह र लोकगायक रेशम थापालाई विशिष्ट साधक सम्मान २०८२ प्रदान गरेको छ।
  • पुरस्कारमा ५ हजार ५५५ रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र समावेश छन् र यो सम्मान संस्थाको तेस्रो संस्करण हो।
  • पुरस्कृतले स्रष्टाको निवासमै पुगेर सम्मान पाउनु नौलो र विशेष भएको बताए र कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ सदस्यहरू सहभागी थिए।

काठमाडौं । ललितकलाका विविध क्षेत्रमा समर्पित रहेर राष्ट्रलाई कला र संगीतको माध्यमबाट बिशिष्ट योगदान पुर्‍याउने ३ जनालाई ‘विशिष्ट साधक सम्मान २०८२’ प्रदान गरिएको छ ।

राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले वरिष्ठ नृत्य निर्देशक एवं लोक नृत्य मन्चनका प्रवर्तक भैरवबहादुर थापा, वरिष्ठ गायिका तथा साहित्यकार चन्द्रकला शाह र वरिष्ठ लोकगायक तथा संकलक रेशम थापालाई सम्मान प्रदान गरेको हो ।

संस्थाको स्थापनाकालसँगै प्रदान गरिंदै आएको सम्मानको यो तेस्रो संस्करण हो । पुरस्कार राशीमा ५ हजार ५५५ रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र छ ।

पुरस्कृत एवं सम्मानित हुनेले स्रष्टाको निवासमै पुगेर गरिने यो प्रकारको सम्मान नौलो, विशेष तथा प्रशंसायोग्य रहेको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार रमेश दाहाल, वरिष्ठ संगीतकार एवं गायक कमल अधिकारी, अध्यक्ष नारायणबहादुर थापा, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा, उपाध्यक्ष सुजाता केसी, महासचिव सनम कठायत, सचिव रीता केसी, कोषाध्यक्ष प्रतिक्षा काफ्ले सहभागी थिए ।

साथै, सदस्यहरू वीरेन्द्र भाट विपिन, मनोज परियार, डेभिड शंकर, सुभाष तिम्सिना, कोपिला शिवाकोटी, प्रमोद डिजी र विक्रान्त आचार्य लगायतको उपस्थिती थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More