― Advertisement ―

बेस्ट बाईले फादर्स डेको लागि Fitbit यन्त्रहरू घटाउँदै छ — $79.95 मा सुरु हुने मेरो 5 मनपर्ने सम्झौताहरू किन्नुहोस्

बुबाको दिन ठीक एक हप्ता टाढा छ, र यदि तपाईं अझै पनि बुबाको लागि उत्तम उपहार खोज्दै हुनुहुन्छ भने, एक Fitbit ट्र्याकर एक उत्कृष्ट...
HomeLatest news१ सय ८ जना प्रतिनिधि मनोनयन – KhabarHost

१ सय ८ जना प्रतिनिधि मनोनयन – KhabarHost



२६ मंसिर, काठमाडौं । नेकपा एमाले १ सय ८ जना प्रतिनिधि मनोनयन गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार, महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको हो ।

‘हाम्रो महाधिवेशनको निर्वाचित र पदेन आयोजकका हैसियतले भएका प्रतिनिधिहरूको कूल संख्याको ५ प्रतिशतले हुन आउने १ सय ८ जनाको नामावली पारित गरेको छ, त्यसलाई हामीले भोलि सार्वजनिक गर्नेछौं,’ ज्ञवालीले भने ।

उक्त सदस्यहरूको नामावली भने भोलि मात्रै सार्वजनिक हुने बताइएको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उक्त नाम टुंगो लगाउने र भोलि सार्वजनिक गरिने एक नेताले बताए ।





Read More