― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest news१८ व्यावसायिक फर्ममाथि वाणिज्य विभागको अनुगमन र कारबाही

१८ व्यावसायिक फर्ममाथि वाणिज्य विभागको अनुगमन र कारबाही


राष्ट्रिय

समाचार.

  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौं उपत्यकाका १८ उद्योग तथा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ।
  • ललितपुर महालक्ष्मी नगरपालिका–१ स्थित न्यु आरए इन्टरप्राइजेजलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ (१) (क) अनुसार २० हजार रुपैयाँ जरिबाना गरिएको छ।
  • विभागले उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार बजार स्वच्छ र प्रतिस्पर्धी बनाउन अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

२८ पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार १८ उद्योग तथा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ ।

विभागले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन र नियमावली विपरीत कार्य गर्ने फर्मलाई कारबाही तथा निर्देशन दिएको हो ।

ललितपुर महालक्ष्मी नगरपालिका–१ मा रहेको न्यु आरए इन्टरप्राइजेजलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ र ३८ (छ) बमोजिम कसुरमा सोही ऐनको दफा ३९ (१) (क) अनुसार २० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

त्यसैगरी विभागले अन्य १७ व्यावसायिक फर्मलाई सामान्य निर्देशन दिएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ बमोजिम बजार स्वच्छ र प्रतिस्पर्धी बनाउन विभागले नियमित अनुगमन गर्दै आएको छ ।

विभागले ‘स्वच्छ र प्रतिस्पर्धी बजार : उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने नारा आत्मसात गर्दै अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More