― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest news१० मुद्दामा १ करोड  ठगीका अभियुक्त समातिए – KhabarHost

१० मुद्दामा १ करोड  ठगीका अभियुक्त समातिए – KhabarHost



१८ पुस, काठमाडौं । विभिन्न १० मुद्दाका करिब एक करोड रुपैयाँ ठगी अभियुक्तका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको मेची नगरपालिका–२ का ४६ वर्षीय नवीन रिजाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं–१० बाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।

उनीविरुद्ध वैदेशिक ठगीका ७ र बैंकिङ कसुरका ३ गरी १० मुद्दा दर्ता भएको पाइएको प्रहरीले बताएको छ । वैदेशिक ठगीका ७ मुद्दामा ५४ लाख ५४ हजार बिगो रहेको प्रहरीले बताएको छ । उनले फ्रान्स पठाउने भन्दै ठगेको प्रहरीले बताएको छ ।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंमा २४ लाख ४ हनार बिगोको एक थान बैंकिङ कसुरको मुद्दा दायर भएको छ । प्रहरी वृत्त गौशालामा ८ लाख र सिंहदरबारमा ६ लाख बिगोको बैंकिङ कसुर मुद्दा रहेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More