― Advertisement ―

Kingdom Hearts Integrum Masterpiece Collection मा Disney X Square Enix RPG जादू को कम्तिमा 200 घण्टा छ — र यो अब $ 30 /...

म प्राय: खेलको समयको प्रति घण्टा डलर वा पाउन्डको सन्दर्भमा खेलहरूको बारेमा कुरा गर्न मन पराउँदैन, तर जब त्यहाँ पैसाको लागि यस्तो उत्कृष्ट मूल्य...
HomeLatest news१० मिनेटको दृश्यमा कैंची चलाउँदै नेटफ्ल्क्सिमा आयो ‘धुरन्धर’

१० मिनेटको दृश्यमा कैंची चलाउँदै नेटफ्ल्क्सिमा आयो ‘धुरन्धर’


राष्ट्रिय

समाचार.

  • बलिउड फिल्म ‘धुरन्धर’ को अनकट भर्सन नेटफ्लिक्समा रिलिज हुँदा १० मिनेटका महत्त्वपूर्ण दृश्य काटिएका छन् र गालीगलौज हटाइएको छ।
  • ‘धुरन्धर’ फिल्मले भारतीय बक्स अफिसमा ८३५.५० करोड भारु र विश्वभर १३०० करोड भारुको कमाइ गर्दै नयाँ रेकर्ड बनाएको छ।
  • नेपाली बक्सअफिसमा ‘धुरन्धर’ फिल्मले १० करोड नेरु भन्दा बढी कमाइ गरिसकेको छ र हलमा रिलिज भएको ५३ औँ दिनसम्म पनि क्रेज कायम छ।

मुम्बई । आदित्य धर निर्देशित बलिउड फिल्म ‘धुरन्धर’ को ओटीटी रिलिजलाई लिएर फ्यान लामो समयदेखि पर्खाइमा थिए । जब फिल्मको ‘अनकट भर्सन’ (कुनै सिन नकाटिएको) स्ट्रिमिङ हुने खबर आयो, दर्शक उत्साहित थिए । हलमा हेरिसकेकालाई पनि ओटीटीमा केही नयाँ र थप दृश्य देख्न पाइन्छ भन्ने ठूलो आशा थियो ।

तर, गएराति १२ बजे जब फिल्म नेटफ्ल्क्सिमा रिलिज भयो, तब फ्यानहरूको खुसी रिसमा बदलियो । भयो के भनेः, ‘अनकट’ भनिए पनि ओटीटीमा फिल्मको सेन्सर गरिएको भर्सन मात्रै राखियो ।

फिल्मबाट गालीगलौज हटाइएको छ र लगभग १० मिनेटका महत्त्वपूर्ण दृश्य काटिएका छन् । हलमा फिल्म हेरिसकेका पनि ओटीटीमा केही एक्स्ट्रा हेर्न पाइन्छ कि भनेर झुम्मिएका थिए, तर उल्टै सिन काटिएको देखेपछि उनीहरूले आफूलाई ठगिएको महसुस गरिरहेका छन् ।

हुन त ‘धुरन्धर’ फिल्मलाई ओटीटी रिलिजका लागि ‘एडल्ट’ सर्टिफिकेट दिइएको थियो, तर पनि फिल्मका धेरै दृश्य काटिएका छन् । यो फिल्म नेटफ्लिक्समा हिन्दीका साथै तमिल र तेलुगु भाषामा पनि रिलिज भएको छ ।

यति धेरै विवादका बीच पनि फिल्मले बक्स अफिसमा भने इतिहास रचिरहेको छ । रणवीर सिंह, अर्जुन रामपाल, सञ्जय दत्त, सारा अर्जुन, राकेश बेदी र गौरव गेरा जस्ता कलाकारको दमदार अभिनय रहेको यो फिल्म ५ डिसेम्बर २०२५ मा हलमा रिलिज भएको थियो । अचम्मको कुरा त के छ भने, रिलिज भएको दुई महिना पुग्न लाग्दा पनि यसको क्रेज घटेको छैन ।

हलमा लागेको ५३ औँ दिनमा पनि यो फिल्मले करोडौँ कमाइरहेको छ, जुन आफैँमा ठूलो उपलब्धि हो । भारतीय बक्स अफिसमा मात्रै यसले ८३५.५० करोड भारु नेट कलेक्सन गरिसकेको छ । ५५ दिन पुग्दासम्म त फिल्मले विश्वभरबाट १३०० करोडको आँकडा पार गरेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाली बक्सअफिसमा फिल्मले १० करोड नेरु ग्रसभन्दा धेरै कमाइ गरिसकेको छ ।





Read More