― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest news‘ह्वाइटआउट’ अवस्थामा हेलिकप्टर उडाउन नपाइने, प्राधिकरणले ल्यायो नयाँ ‘सर्कुलर’

‘ह्वाइटआउट’ अवस्थामा हेलिकप्टर उडाउन नपाइने, प्राधिकरणले ल्यायो नयाँ ‘सर्कुलर’


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल नागरिक उड्डयन प्राधिकरणले हिउँ र कुहिरोका कारण व्यावसायिक हेलिकप्टर उडानमा नयाँ नियम जारी गरेको छ।
  • प्राधिकरणले सबै हेलिकप्टर कम्पनीलाई हेलिप्याडमा नचिप्लिने वस्तु जडान गर्न र मार्सलर राखेर उडान/अवतरण गर्न निर्देशन दिएको छ।
  • सोलुखुम्बु लोबुचेमा हेलिकप्टर दुर्घटना पछि प्राधिकरणले कम्पनी, पाइलटसँग छलफल गरी नयाँ सर्कुलर जारी गरेको छ।

१३ कात्तिक, काठमाडौं । हिउँका कारण हेलिप्याड ढाकिने गरी उत्पन्न हुने ‘ह्वाइटआउट’ अवस्था र कुहिरो लागेको मौसममा व्यावसायिक हेलिकप्टर उडान गर्न नपाइने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ ‘सर्कुलर’ जारी गरेको छ ।

प्राधिकरणले सबै हेलिकप्टर कम्पनीका नाममा बिहीबार सर्कुलर जारी गरेको हो । बुधबार अल्टिच्युड एयरको ‘९एन–एएमएस’ हेलिकप्टर बुधबार सोलुखुम्बु लोबुचेमा दुर्घटनाग्रस्त भएसँगै प्राधिकरणले हिमाली भेग र उचाइमा व्यावसायिक उडान गर्ने हेलिकप्टर उडानका हकमा नयाँ नियम जारी गरेको हो । प्राधिकरणले कम्पनी, पाइलट र सरोकारवालासँग आज छलफल गरेको थियो ।

हेलिकप्टरको खुट्टा (ल्यान्डिङ प्लेट) मा नचिप्लिने वस्तु (बियर पज) जडान गरी सुरक्षित बनाउन समेत प्राधिकरणले सबै कम्पनीलाई भनेको छ ।

उचाइमा व्यावसायिक उडान हुने स्थानमा ‘मार्सलर’ राखेर उडान/अवतरण गराउन समेत प्राधिकरणले भनेको छ । मार्सलरले जमिनमा बसेर उडान/अवतरणमा सहजीकरण गर्छन् । हेलिप्याडमा उडान/अवतरण गर्नु अगाडि हिँउ तथा अन्य वस्तु सफा गरेरमात्र सञ्चालन गर्नसमेत प्राधिकरणले भनेको छ । प्राधिकरणले दर्ता भएका सबै हेलिकप्टर कम्पनीलाई सर्कुलर आजै पठाइसकेको समेत जनाएको छ ।





Read More