― Advertisement ―

$200 बचत गर्नुहोस् र Samsung Galaxy S26 Ultra यसको पूर्व अर्डर मूल्यमा Amazon मा सीमित समयको लागि पाउनुहोस्

यदि तपाई Samsung Galaxy S26 यसको उत्कृष्ट अवधिमा, तपाईं उत्कृष्ट मूल्यमा वा अल्ट्रा फिर्ता हुनुहुन्थ्यो। अहिले, तपाईं Samsung Galaxy S26 Ultra Amazon मा $1,299,...
Homeमनोरन्जन‘होस्टेल ३’ ले भारतमा मनायो ५१ दिन, कति कमायो ? – KhabarHost

‘होस्टेल ३’ ले भारतमा मनायो ५१ दिन, कति कमायो ? – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालको व्यवसायिक हिट फिल्म ‘होस्टेल ३’ भारतका नेपालीभाषी क्षेत्रहरूमा ५० भन्दा बढी हलमा प्रदर्शन भइरहेको छ।
  • निर्देशक सशान कँडेलका अनुसार फिल्मले भारतमा ८० लाख भारु ग्रस कलेक्सन गरेको छ।
  • फिल्मले क्याम्पस जीवनका उतारचढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा प्रस्तुत गरेको छ।

काठमाडौं । नेपालमा व्यवसायिक हिट फिल्म ‘होस्टेल ३’ भारतका कतिपय थलोमा अहिले पनि प्रदर्शन भैरहेको छ ।

त्यहाँका नेपालीभाषी बसोबास गर्ने क्षेत्रमा फिल्म चलिरहेको निर्माताद्वारा प्रेषित विवरणमा जनाइएको छ । नेपालमा फिल्मले ५१ दिन सेलिब्रेसन गरिसकेको छ ।

त्यही सफलता फिल्मले भारतमा पनि दोहोर्‍याएको हो । निर्देशक तथा निर्माता सशान कँडेल ‘सन्तोष’का अनुसार ५ सेप्टेम्बरदेखि दार्जिलिङस्थित एसभीएफ हलमा फिल्म चलिरहेको हो ।

फिल्मलाई त्यहाँ गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले वितरण गरेका हुन् । सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो ।

निर्देशक कँडेलका अनुसार फिल्मले त्यहाँ ८० लाख भारु ग्रस कलेक्सन गरेको छ ।

फिल्मले क्याम्पस जीवनका उतारचढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा पेश गर्छ । फिल्ममा पारस बम ठकुरी, रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुषको अभिनय छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More