― Advertisement ―

वर्डप्रेस वेबसाइटहरू आक्रमणमा छन् – विशेषज्ञ रिपोर्ट भन्छ कि दर्जनौं प्लगइनहरू हजारौं साइटहरूलाई लक्षित गर्न हाइज्याक गरियो

दुर्भावनापूर्ण वर्डप्रेस एस्टरबाट प्लगइनअपडेटहरू इन्जेक्टेड ब्याकडोरहरू, पूर्ण साइट पहुँच प्रदान गर्दैस्प्याम अभियानहरू मालिकहरूबाट लुकाइएको, C2 Ethereum स्मार्ट अनुबंध मार्फत समाधान गरियोएउटा ह्याकरले लेटिमेट डेटा...
HomeLatest news‘हर्ष’ लाई लिएर वर्षाले दर्शकबाट राखेका अपेक्षा के हुन् ?

‘हर्ष’ लाई लिएर वर्षाले दर्शकबाट राखेका अपेक्षा के हुन् ?


राष्ट्रिय

समाचार.

  • अभिनेत्री वर्षा राउतले आगामी फेमिली ड्रामा ‘हर्ष’ मा केन्द्रीय भूमिकामा अभिनय गर्दैछिन्।
  • ‘हर्ष’ मा वर्षाले वंश परम्परा धान्नुपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिका निर्वाह गरेकी छिन्।
  • फिल्म ‘हर्ष’ १२ मंसिरमा देशब्यापी प्रदर्शनमा आउँदैछ र वर्षाको यो १७ औं फिल्म हो।

काठमाडौं । करियरका हिसाबले अभिनेत्री वर्षा राउत दशौं वर्षमा हिँडिरहेकी छन् । ‘नाइँ नभन्नू ल ४’ बाट अभिनय यात्रा थालेकी उनले केही फिल्मबाट प्रशंसा बटुलिन् ।

विशेषगरि, गृहणीको भूमिकामा वर्षाले दर्शकबाट माया पाएकी छन् । एकता पौडेल निर्देशित आगामी फेमिली ड्रामा ‘हर्ष’ पनि अभिनेत्री राउतको लागि खास छ, किनकी उनी केन्द्रीय भूमिकामा देखिँदैछिन् ।

कथाको भारलाई आफ्नो काँधमा बोक्ने चुनौती उनीमाथि छ । अन्य मल्टिस्टारर फिल्ममा देखिएकी उनी यसमा भने केन्द्रीय महिलाको चरित्रमा प्रस्तुत छिन् । यसकारण पनि कथालाई न्याय गर्नुपर्ने दबाब उनीमाथि छ ।

वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा उनी छिन् । उनले यो सोचसँग विद्रोह गर्लिन् वा सोचलाई पछ्याउलिन् ? वर्षाको पात्रमार्फत डेब्यू निर्देशक पौडेलले कथावाचन प्रयत्न गरेकी छन् ।

आफू केन्द्रीय चरित्रमा देखिन लागेकोप्रति उनी उत्साहित सुनिइन् । ‘दर्शकले मलाई तहगतरुपमा मूल्यांकन गर्नुहुनेछ’ भन्छिन्, ‘केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो कामलाई ध्यान दिएर हेर्नुहुन्छ भन्ने लागेको छ ।’

भन्छिन्, ‘दर्शकले वर्षाले यसमा कत्तिको काम गरिन्, अघिल्ला सिनेमाभन्दा कत्तिको सुधार गरिन् भनेर विचार गर्नुहुन्छ भन्ने अपेक्षा राखेकी छु ।’

पछिल्लो फिल्म ‘ऐँचो पैँचो’ बाट उनले राम्रो प्रशंसा प्राप्त गरिन् । यसबाहेक, विवाहित भएकाले उनीसँगका अन्तरवार्तामा श्रीमान-श्रीमती, परिवार र बच्चासम्बन्धी प्रसंग प्रायः उठ्ने गर्छ ।

यस हिसाबले उनले यो फिल्ममा निर्वाह गरेको पात्रमा वास्तविक भोगाइ मिसिएको छ कि भन्ने धेरैको जिज्ञासा हुन सक्छ । जवाफमा उनले वास्तविक जीवनभन्दा अलग रुपमा र निर्देशकले खोजेको चरित्रलाई उतारेको बताइन् ।

‘मैले एउटा पात्र निर्वाह गरेकी हुँ । त्यसैले व्यक्तिगत जीवनले फरक पर्छ कि पर्दैन भन्ने हुँदैन’ भन्छिन्, ‘सन्तान हुँदा-नहुँदा त्यो पात्रले के-कस्तो भोगाइ भोग्छ भन्ने देखिन्छ । निर्देशकले दिएको कामअनुसार आफूलाई पात्रमा ढाल्ने कोसिस गरेकी छु ।’

कथा सुनेपछि पात्रमा न्याय गर्न सक्ने आत्मविश्वास पलाएको उनको बुझाइ छ । ‘हर्ष’ले दर्शकलाई खुशीको आँसु दिने पनि उनले बताइन् । उनका अनुसार यसलाई केवल रुवाउने फिल्म भनेर मात्र बुझ्नुहुँदैन ।

‘यसले पारिवारिक कथा पेश गर्छ भन्ने कुरा ट्रेलरले देखाइसकेको छ । त्यसैले ‘रुवाउने मात्र हो कि’ भन्ने लागेको हुन सक्छ । तर त्यो होइन । यसले आँसु त झारिदिन्छ, तर हर्षका,’ उनले भनिन् ।

फिल्मका पात्रसँग दर्शकले आफूलाई जोड्न सक्ने भएकाले उनी यसप्रति आशावादी छिन् । पछिल्लो समय पारिवारिक फिल्म हेर्न दर्शक ठूलो संख्यामा हल आउन थालेकाले पनि उनी सकारात्मक नतिजाप्रति आशावादी सुनिइन् ।

‘अहिले नेपाली सिनेमाले एकदमै राम्रो गरिरहेका छन् । धेरैजसो सफल सिनेमाले दर्शकलाई रुवाएको छ, मन छोएको छ । हाम्रो सिनेमाले हर्षित पार्दै रुवाउनेछ जस्तो लाग्छ । दर्शकले यसमा आफ्नो परिवारसँग जोडिएको अनुभूति गर्नुहुनेछ,’ उनले भनिन् ।

फिल्ममा राउतले अभिनेता खगेन्द्र लामिछानेसँगको जोडीको रूपमा देख्न सकिन्छ । वर्षाले यो जोडीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । ‘हर्ष’ १२ मंसिरमा देशब्यापी प्रदर्शन तयारीमा छ ।

‘नाइँ नभन्नू ल ४’ बाट घरेलु फिल्ममा डेब्यू गरेकी वर्षाको पछिल्लो फिल्म ‘हर्ष’ १७ औं फिल्म हो ।





Read More