― Advertisement ―

‘मिलाना-कोर्टिनाको लागि हाम्रो कामले नेटवर्कको नयाँ पुस्ता सिर्जना गर्न मद्दत गरिरहेको छ’: HPE ले २०२६ शीतकालीन ओलम्पिकको नेटवर्क ब्याकबोन हुन के लिन्छ भनेर बताउँछ।

The 2026 शीतकालीन ओलम्पिक मिलान-कोर्टिनामा आधुनिक समयमा सबैभन्दा बढी माग गरिएको थियो, यो तीनवटा क्षेत्रहरूमा फैलिएको थियो, जुन यसलाई उत्तरी भागमा सबैभन्दा धेरै पढिएको...
HomeLatest newsस्वास्थ्य बीमा समस्याबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् बैठक

स्वास्थ्य बीमा समस्याबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् बैठक



२१ माघ, काठमाडौं । स्वास्थ्य बीमाको समस्याका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले चासो राखेकी छन् ।

प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाका विषयमा छलफल गर्न बुधबार सरोकारवाला पक्षहरूको बैठक बोलाएकी हुन् ।

बैठक आज दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रकम अभावमा सबै बिरामीले स्वास्थ्य बीमाको सुविधा पाउन सकेका छैनन् । नेपालका ठूला अस्पतालहरुले सूचना नै निकालेर बीमा सेवा दिन नसक्ने जनाएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले बीमा बोर्डले अस्पताललाई ४० करोड भुक्तानी दिन बाँकी रहेकाले स्वास्थ्य बीमा सेवा दिन नसक्ने भन्दै सूचना जारी गरेको थियो ।

यस्तो समस्या अन्य अस्पतालहरुमा पनि देखिएपछि स्वास्थ्य बीमा बोर्डले गत सोमबार सूचना जारी गरेर एक आर्थिक वर्षमा बहिरंग (ओपिडी) सेवाअन्तर्गत अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा उपलब्ध गराइने जनाएको छ । त्यसपछि मात्रै अस्पताल भर्ना, ल्याब परीक्षण र आकस्मिक उपचारको सुविधा लागु हुनेछ । उक्त व्यवस्था १ फागुनदेखि कार्यान्वयनमा आउने बोर्डले जनाएको छ ।





Read More