― Advertisement ―

भोडाफोन थ्रीले तपाईंको स्मार्टफोनमा स्याटेलाइट जडान ल्याउन अफकमको स्वीकृति प्राप्त गरेको छ

Vodafoneite लाई भर्खरैको मिशन प्रयोग गर्न दिइएको छ टेक टु कभर नट-स्पटहरूO2 ले पहिले नै अनुमति दिइसकेको छ, EE लाई Starlink सँग काम गर्नह्यान्डसेट...
HomeLatest newsस्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी बम्जन पुर्पक्षका लागि कारागार चलान

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी बम्जन पुर्पक्षका लागि कारागार चलान



२३ कात्तिक, काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

अदालतको आदेश पछि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।

सिन्धुलीको दुधौली घर भएका बम्जन २४ भदौ मा भएको जेनजी आन्दोलनका क्रममा हिरासतबाट भागेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंले २३ कात्तिकमा सोह्रखुट्टेबाट बम्जनलाई पुन: पक्राउ गरेको थियो ।

आइतबार बम्जनलाई पुर्पक्षका लागि कारगार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनी कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा परिसरको हिरासतमा थिए । सहकारी ठगीका मुख्य व्यक्ति भनिएका जीबी राईका जेठान हुन् ।

उनी पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा पनि जोडिएका थिए । अदालतको आदेशपछि उनी १० लाख धरौटीमा रिहा भएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More