― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsसोमेश यादव – KhabarHost

सोमेश यादव – KhabarHost


यादवले आजको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई सरप्राइज दिन सक्ने अनुमान व्यक्त गरेका छन् ।

राष्ट्रिय

समाचार.

  • नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी सोमेश यादवले नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्स टिम सन्तुलित र बलियो देखिएको बताएका छन्।
  • सुदूरपश्चिम र पोखरा एभेन्जर्सबीचको खेल ५ मंसिर दिउँसो ४ बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।
  • यादवले पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई सरप्राइज दिन सक्ने अनुमान व्यक्त गर्दै जिमी निसमको प्रदर्शन महत्वपूर्ण हुने बताए।

५ मंसिर, काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी सोमेश यादवले नेपाल प्रिमियर लिग (एनपीएल) मा यस पटक सुदूरपश्चिम रोयल्स टिम सन्तुलित र बलियो देखिएको बताएका छन् ।

अनलाइनखबर डटकमको सिद्धार्थ बैंक ओके एनपीएल बजमा होस्ट विराटजंग रायमाजीसँगको कुराकानीमा यादवले आज हुने सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेलको प्रिम्याचमा कुरा गर्दै उक्त भनाइ राखेका हुन् ।

सुदूरपश्चिम र पोखराबीचको खेल दिउँसो ४ बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

पूर्वखेलाडी यादवले सुदूरपश्चिमको टिम विदेशी खेलाडीमा मात्र निर्भर नरहेको र नेपाली खेलाडी पनि राम्रो रहेकोले सन्तुलित देखिएको बताएका हुन् ।

‘सुदूरपश्चिम ब्यालेन्स टिम देखिन्छ । नेपाली खेलाडी पनि राम्रो देखिएको छ । विदेशीमा मात्र निर्भर छैन त्यसैले फाइदा छ,’ यादवले भने, ‘आज क्रिस लिन चल्नुपर्छ । यदि उहाँ चल्नुभयो भने दर्शकलाई रमाइलो हुनेछ । छक्का हान्नुभयो भने त कहाँ पुग्ला !’

यादवले स्कग कुगेलेइन, हर्मित सिंहको प्रदर्शन राम्रो रहेको र नेपाली खेलाडीहरुले पनि राम्रो प्रदर्शन गरेको बताए ।

सुदूरपश्चिम र पोखराबीचको खेलमा क्रिस लिन र जिमी निसमको खेल हेर्न लायक हुने उनले बताए । अष्ट्रेलियन ब्याटर लिनले बिग बास लिगदेखि आईपीएलसम्म खेलिसकेका छन् । उनीहरूले लामो लामो छक्का प्रहार गर्नेछन् ।
यद्यपि यादवले आजको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई सरप्राइज दिन सक्ने अनुमान व्यक्त गरेका छन् ।

‘मेरो भित्री मनले भने आज पोखराले सरप्राइज दिन्छजस्तो लाग्छ । त्यसका लागि पोखराको निसम चल्नुपर्छ । पहिलो खेलमा एक दिनअघि मात्र आएकोले होला ! यहाँ आउनुअघि न्युजिल्याण्डका लागि खेलिरहनुभएको थियो । आज उहाँको खेल महत्वपूर्ण हुनेछ’, उनले भने ।

पोखरा टप अर्डरदेखि ब्याटिङ राम्रो देखिएपनि बलिङमा केही सुधार गर्नुपर्ने यादवले बताए । यस्तै बेन्चमा रहेका अर्जुन कुमाल, विपिन खत्री लगायत खेलाडीहरु पनि मौकाको पर्खाईमा रहेको र अवसर पाए राम्रो खेल्न सक्ने उनको भनाई छ ।

एनपीएल दोस्रो संस्करणको बल बाई बल अपडेट सहित ओके एनपीएल बजमार्फत खेलको सम्पूर्ण जानकारी, प्रिम्याच, पोष्ट म्याच विश्लेषणसहितको जानकारी दिँदै आएको छ ।

बल बाई बल अपडेटका लागि अनलाइनखबरको होमपेजमा गएपछि खेलकुद टाइटलमा क्लिक गर्नुपर्नेछ । त्यहाँ तपाईंले बल बाई बल अपडेट पाउनुहुनेछ। त्यसअलावा भिडियोलगायतका अन्य सामग्रीहरू पनि हेर्न र पढ्न पाउनुहुनेछ।

आजको खेल कस्तो होला ? प्रतिस्पर्धी टिमका बलियो र कमजोर पक्ष के–के छन् ? प्लेइङ ११ मा को–को पर्लान् ? कुन टिमले कति स्कोर गर्ला ? कुन खेलाडीले कस्तो प्रदर्शन गर्ला ? जस्ता प्रश्नका सम्भावित उत्तर विज्ञहरूबाट खोज्नेछौं ।

आउनुहोस् पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल अघि यू१९ टिमका पूर्व खेलाडी सोमेश यादवले विराटजंग रायमाजीसँग गरेको चर्चा हेरौं ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More