― Advertisement ―

मार्गोको गट मनी ट्रबल्स समीक्षा – एप्पल टिभीको नयाँ कमेडी श्रृंखला लत र आश्चर्यजनक रूपमा हार्दिक छ।

तपाईँ TechRadar किन भरोसा गर्न सक्नुहुन्छ हामीले समीक्षा गर्ने हरेक उत्पादन वा सेवाको परीक्षण गर्न घण्टौं बिताउँछौं, ताकि तपाईं सबै भन्दा राम्रो किन्दै हुनुहुन्छ भनी...
HomeLatest newsसेनाको पाइलट र पूर्वराजाको भान्जा बनेर करोडौं ठगी – KhabarHost

सेनाको पाइलट र पूर्वराजाको भान्जा बनेर करोडौं ठगी – KhabarHost


राष्ट्रिय

समाचार.

  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा ४८ युवाले बेलायत पठाइदिने भन्दै करिब ६ करोड रुपैयाँ ठगी भएको उजुरी दिएका छन्।
  • झापाबाट पक्राउ परेका अनुप सिंहले आफूलाई पूर्वराजा ज्ञानेन्द्रको भान्जा भन्दै युवाबाट ठगी गरेको प्रहरीले जनाएको छ।
  • सिंहविरुद्ध २०५७ सालदेखि सात पटक मुद्दा चलेको र हाल पनि ठगीको आरोपमा प्रहरी हिरासतमा रहेको छ।

२९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा केही दिनअघि ४८ जना युवाको समूह पुग्यो । सबैको एउटै स्वर थियो- बेलायत पठाइदिने भनेर करोडौं ठगियो, कारबाही गर्नुपर्‍यो ।

४८ जना युवाहरू एकै पटक आएपछि अपराध अनुसन्धान कार्यालयले विशेष चासोका साथ अनुसन्धान अघि बढायो । सो क्रममा ठगी गरेर भाग्दै गरेको अवस्थामा झापाबाट पक्राउ परे अनुप सिंह नामका व्यक्ति । आफूलाई पूर्वराजाको भान्जा बताउँदै उनले करिब ६ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

सुरुमा ४८ जना र पछि १३ जनाले सिंहविरुद्ध उजुरी दिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए । उनीहरूले अहिलेसम्म करिब ६ करोड रुपैयाँ ठगी भएको उजुरी दिएका छन् । पीडित र ठगी रकमको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ ।

सिंहले पछिल्लो पटक बेलायत पठाउने भन्दै ठगी गरेका थिए । बेलायतमा होटल खोलेको र त्यसमा कामदार चाहिएको भन्दै युवाहरूलाई प्रलोभन देखाएर ठगी गरेको प्रहरीको भनाइ छ । विश्वास दिलाउन उनले ज्ञानेश्वरमा भव्य कार्यालय खोलेको र सो सम्बन्धी कागजात समेत देखाउने गरेको पाइएको छ ।‍

यसरी विश्वास दिलाएपछि प्रतिव्यक्ति २० लाख रुपैयाँ लाग्ने भन्दै डिल गरेर रकम उठाउने गरेको खुलेको छ । उनै सिंह अहिले प्रहरी हिरासतमा छन् । उनले आफूलाई हिमानी ट्रस्टको व्यक्तिदेखि पूर्वराजा ज्ञानेन्द्रको भान्जा बताउने गरेको प्रहरीले बताए ।

यसअघि उनले आफू हिमानी ट्रस्टको व्यक्ति भएको विश्वास दिलाउनका लागि खेलाडीहरूलाई कपडा समेत बाँडेको खुलेको छ । हेलिकप्टरमार्फत काठमाडौंबाट पोखरा गएर हिमानी ट्रस्टमार्फत भन्दै उनले खेलाडीहरूलाई कपडा बाँडेको पाइएको प्रहरीले बताएको छ ।

प्रहरी अनुसन्धानको क्रममा सिंहको पूर्वराजासँग भने केही सम्बन्ध नदेखिएको प्रहरीले बताएको छ । अहिले पक्राउ परेका सिंह यसअघि पनि सात पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ ।

यसअघि उनी एकै व्यक्तिबाट सवा करोड रुपैयाँ ठगीको आरोपमा समातिएका थिए । गत वर्षको फागुनमा जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेर त्यतिबेला किर्ते र ठगीको कसुरमा अनुसन्धान गरेको थियो ।

एक महिलाको परिवारलाई नै अमेरिका लैजाने भन्दै उनले त्यतिबेला सवा करोड रुपैयाँ ठगी गरेका थिए ।

ती महिलासँग सिंहले आफूलाई नेपाली सेनाको विमान चालक क्याप्टेन बताएका थिए । विमान चालक क्याप्टेन रहेको भन्दै सिंहले आर्मी पोशाकमा खिचाएको तस्वीरसमेत देखाएको दाबी महिलाले गरेकी थिइन् ।

विश्वास दिलाउन सिंहले अमेरिकाको नक्कली भिसासमेत बनाएका थिए । प्रहरीले नक्कली भिसा बरामद गरेको थियो ।

यसअघि सिंहले केही व्यक्तिलाई भने पारस शाहकी छोरीको इन्गेजमेन्ट कार्यक्रम अमेरिका हुने तय भएकाले त्यही समारोहमा लैजाने भन्दै ठगी गरेका थिए ।

कसैलाई नेपाली सेनाको क्याप्टेन दर्जामा रहेको विमान चालक बताएका सिंहले केही व्यक्तिलाई भने पूर्वराजा ज्ञानेन्द्र शाहका भान्जा समेत बताउने गरेका थिए । राज खानदानसँग राम्रो सम्बन्ध रहेको, दूतावासको मान्छेसँग पनि राम्रो सम्बन्ध रहेको भन्दै उनले विश्वासमा दिलाउने काम गरेका थिए ।

सिंह पक्राउ परेपछि प्रहरीले सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गरेको थियो । सो क्रममा उनीविरुद्ध यसअघि ७ वटा कसुरमा मुद्दा चलिसकेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता आचार्यले बताए ।

सीआरएसअनुसार उनीविरुद्ध सुरुमा २०५७ सालमा सार्वजनिक अपराधको कसुरमा मुद्दा चलेको थियो । सार्वजनिक (हाल अभद्र) कसुरबाट अपराधको दुनियाँ छिरेका उनी अहिले नामुद ठगीको सूचीमा छन् ।

२०५७ सालपछि १ वर्षसम्म उनी कुनै अपराधमा मुछिएका थिएनन् । २०७३ सालमा आएपछि भने उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगीको कसुरमा मुद्दा चलेको प्रहरीको सीआरएस रिपोर्टमा देखिन्छ ।

त्यसपछि २०७७ सालमा उनीविरुद्ध परिसर काठमाडौंमा दुई पटक दुई वटा मुद्दा चलेको थियो । त्यतिबेला उनीविरुद्ध हातहतियार तथा खरखजाना र ठगीको कसुरमा दुई वटा मुद्दा चलेको थियो ।

त्यसपछि २०८० सालमा काठमाडौंबाटै ठगीको मुद्दा चलेको भेटिएको छ । २०८१ मा ठगीकै कसुरमा ललितपुरमा पक्राउ परेका थिए । अहिले २०८२ मा अर्को ठगीमा उनी समातिएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More