― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
Homeमनोरन्जन: सेतोपाटी सिनेमा :: KhabarHost : सेतोपाटी सिनेमा :: KhabarHost

: सेतोपाटी सिनेमा :: KhabarHost : सेतोपाटी सिनेमा :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

गुड फ्राइडे सिनेमा

भारत, केरलाकी समिरा नर्स हुन्। मनमा लागेको कुरा फ्याट्टै भनिहाल्ने स्वभावकी छिन्। उनी हत्तपत्त कसैसँग हच्किन्नन्। अन्याय भइरहेको लागेमा आवाज उठाइहाल्छिन्।

समिरालाई उनका आमाबुबाले ऋण लिएर नर्सिङ पढाएका हुन्छन्। ऋण तिर्न उनीहरूलाई हम्मे परिरहेको हुन्छ। समिरा उनीहरूलाई सहयोग गर्छिन्। तर समिराका श्रीमान र उनका परिवारलाई उनले काम गरेको मनपरिरहेको हुँदैन। उनीहरू समिरालाई घर सम्हालेर बसोस् भन्ने चाहन्छन्। समिरा आफ्नो निर्णयमा अडिग हुन्छिन्।

समिराका एक ८ वर्षीय छोरा छन्। कुरा नमिलेपछि समिराको श्रीमानसँग डिभोर्स हुन्छ। छोरा इब्राहिमको हेरविचार श्रीमानको जिम्मेवारीमा पर्छ।  श्रीमानसँग अलग भएपछि समिरा आमाबुवा र बहिनीसँग बस्छिन्। छोरालाई उनले आफू काम गर्न बाहिर गएको बताउँछिन्। 

तनाव र ऋणले थिच्दै गएपछि समिरा राम्रो कमाइ आशमा इराकमा काम गर्न चाहन्छिन्। 

शाहिद नामका डाक्टर समिराका सहकर्मी छन्। समिराका सबै समस्या बुझेका छन् र उनीसँग बिहे गर्न चाहन्छन्। समिराकै कारण उनी पनि इराक जान्छन्। 

सुरूसुरूमा समिरा शाहिदलाई नकार्छिन्। उनको बिहेको प्रस्तावमा पनि हिचकिचाउँछिन्। तर इराक जानुअघि उनीहरूले बिहे गर्छन्।

Laxmi bank
Laxmi bank

समिरा र शाहिद अरू सहकर्मीसँगै इराकको सरकारी अस्पतालमा काम गर्न पुग्छन्। इराकमा काम गरेर आफ्ना जिन्दगीका समस्या समाधान गर्ने सोचेका उनीहरूलाई त्यहाँ पुगेपछि झन् तनाव हुन्छ।

दिनकै हिंसा फैलिरहँदा भिडन्तहरू हुन्छन्। घाइतेहरूले अस्पतालको चाप बढ्छ। डाक्टर–नर्सलाई भ्याइनभ्याइ हुन्छ। समिरालाई अरबी भाषा आउने भएकाले उनलाई सजिलो हुन्छ। त्यहाँ नर्सहरूको समूहको नेतृत्व उनले गर्छिन्।

दुःखसुख समिरा र शाहिद आफ्नो नयाँ जिन्दगीलाई इराकमा समेटिरहेका हुन्छन्।

समिरा इराक आउनुअगावै गर्भवती भएकी हुन्छिन्। उनी यो कुरा आफ्ना जेठा छोरा इब्राहिमलाई भन्न चाहन्नन्। इब्राहिम बिदा मनाउन इराक आउँदै हुन्छन्। तर त्यही बेला उनका पूर्व श्रीमान फैजल पनि अचानक आइपुग्छन्। उनी इब्राहिमको जिम्मेवारी सधैंका लागि समिरालाई दिन्छन्।

इब्राहिमलाई आफ्नी आमाले दोस्रो बिहे गरेको र सौतेनी बुवा शाहिदलाई स्वीकार गर्न कठिन हुन्छ। यो मुस्किल हलुका पार्न उनी सहर हेर्न भन्दै घरबाट भाग्छन्। उनी जुन ठाउँ पुग्छन्, त्यहाँ हुलदुंगा भइरहेको हुन्छ।

शाहिदलाई लाग्छ, इब्राहिमलाई केही समय उनकी आमासँग एक्लै समय दिनुपर्छ। त्यसैले उनी अर्को सहरमा काम मिलाउँछन्। केही समयपछि सबै कुरा सहज हुने भन्दै समिरालाई सम्झाउँछन् पनि।

शाहिद मोसुल सहरमा काम गर्न जान्छन्। मोसुल आतंकवादी समूह आइएसआइएसको कब्जामा पुग्छ। स्वास्थ्यकर्मीहरूलाई उनीहरूले बन्दी बनाउँछन्। समिरा शाहिदलाई छुटाइ माग्दै विभिन्न निकाय पुग्छिन्।

यसपछि क्रमशः आइएसआइएसले थप सहर कब्जामा लिन्छन्। समिरा बसेको सहर तिकरित पनि। आइएसआइएसले उनी काम गर्ने अस्पताललाई क्याम्प बनाउँछन्। आइएसआइएसको कब्जामा रहेर काम गर्नुपर्ने बाध्यता समिरालाई आइपर्छ।

उता शाहिद भएको ठाउँ मोसुलमा आइएसआइएसले चिकित्सकहरूको हत्या गर्न थाल्छन्।

समिराले यो अवस्थाको सामना कसरी गर्लिन्? आइएसआइएसको चंगुलबाट आफू, परिवार र साथीहरूलाई मुक्त गर्न उनले के गर्लिन्? उनको प्रयास सफल होला? 

पैसा कमाउने र सहज दिन बनाउने आशमा द्वन्द्वग्रस्त सहरमा काम गर्न पुगेका उनीहरूको भविष्य के होला।

सन् २०१७ मा रिलिज भएको मलयालम फिल्म ‘टेक–अफ’ को कथा हो यो। थ्रिलर ड्रामा विधाको टेक–अफ तत्कालीन समयको ब्लकबस्टर फिल्म हो। महेश नारायणले यही फिल्मबाट निर्देशकका रूपमा डेब्यु गरेका थिए।

टेक अफले ४८ औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा स्पेसल जुरी अवार्ड पाएको थियो।

साथै समिराको भूमिका निर्वाह गरेकी पार्वती थिरूभोथुले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्। यो अवार्ड पाउने उनी पहिलो भारतीय अभिनेत्री हुन्। समिराले यही फिल्मबाट केरला स्टेट फिल्म अवार्ड, फिल्म फेयर अवार्ड, नेसनल फिल्म अवार्ड्स पनि पाइन्। 

यसबाहेक फिल्मले विभिन्न विधामा दुई दर्जनभन्दा बढी अवार्डहरू जितेको छ।

करिब ५ करोड भारूमा बनेको यो फिल्मले २५ करोड भारूभन्दा धेरै कमाएको थियो। समीक्षकहरूले पनि यसलाई ‘हेर्नैपर्ने’ फिल्मको सूचीमा राख्दै प्रशंसा गरेका थिए।

 

 

 





Read More