― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि फिल्म ‘धागो’ प्रदर्शनमा आएको छ। भारतको डुवर्स क्षेत्रमा छायांकन गरिएको फिल्म नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज भएको निर्माण पक्षले जनाएको छ।

उदिप राणा थापाको निर्देशनमा बनेको फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत जनाइएको छ। 

निर्माण पक्षका अनुसार, ‘धागो’ भारतका पहाडी क्षेत्र, सिलीगुडी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्स जस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रहरूमा रिलिज भएको छ। यस्तै, नेपालमा क्युएफएक्स सिनेमा, वान सिनेमा, आईएनआई सिनेमा लगायत देशभरका हलमा रिलिज भएको छ। 

फिल्ममा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेकी छन्। साथमा प्रभात थापा, सुरभी थापा, बुद्धि तामाङ, सुनील थापालगायतका कलाकारहरूको अभिनय छ।

अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिएकी छन्। फिल्मको छायांकन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन्। 

Laxmi bank
Laxmi bank

फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसद्वारा निर्माण गरिएको फिल्ममा उमा थापा, उत्तम थापा र उदिप थापा निर्माताको भूमिकामा छन्। नेपालमा आरआर फिल्म्सले ‘धागो’ वितरण गरेको हो।


 





Read More