― Advertisement ―

‘एक साथ काम गर्ने तरिका खोज्नुहोस्’ – रक्षा र एन्थ्रोपिक विभागलाई सैम अल्टम्यानको सन्देश

सैम एल्टेन्सेन्स र सरकारलाई पिक्सेल एण्टेन्सेन्स र सरकार एआई गभर्नेन्समा सँगैउनले एआई र राष्ट्रिय सुरक्षा निर्णयहरूमा सरकारको अधिकार हुनुपर्छ भन्ने तर्क गरेउहाँले अझै पनि...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

नीर शाह अभिनीत फिल्म ‘परान’ शुक्रबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। दीपक आचार्य (काकु) निर्देशित यो फिल्म कात्तिक १४ गतेदेखि देशभर प्रदर्शनमा आएको थियो।

तेस्रो सातामा प्रवेश गर्दा फिल्मले शो संख्यामा वृद्धि गरेको छ भने यसको व्यापार पनि आक्रामक हुने देखिएको छ।

धेरैजसो सिनेमा हलहरूमा शनिबारका शोहरू शुक्रबार नै ‘हाउसफुल’ भइसकेका छन्। बुकिङको अवस्था हेर्दा फिल्मले शनिबार अझ आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ। 

दुई सातामा ७ करोड ५० लाख ग्रस कमाइको दाबी

फिल्म ‘परान’ ले गत शनिबारसम्म ३ करोड ७१ लाख रूपैयाँ ग्रस कमाइ गरेको थियो। निर्माण पक्षको दाबीअनुसार फिल्मले दोस्रो साताको बिहीबारसम्म बक्स अफिसमा ७ करोड ५० लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरिसकेको छ।

Laxmi bank
Laxmi bank

यद्यपि, चलचित्र विकास बोर्डले भने फिल्मको दोस्रो शनिबारसम्मको कुल ग्रस कमाइ सोमबार सार्वजनिक गर्नेछ। 

पारिवारिक कथावस्तुमा आधारित ‘परान’ मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ। शेखर गोल्छा र रञ्जित आचार्य यो फिल्मका निर्माता हुन्।

 





Read More