― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


वरिष्ठ अभिनेता नीर शाहको शीर्ष अभिनय रहेको फिल्म ‘परान’ शुक्रबारदेखि देशभर रिलिज भएको छ।

दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्मले पारिवारिक दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। बिहीबार राति काठमाडौंमा आयोजित प्रिमियरमा ‘परान’ ले राम्रो प्रतिक्रिया पाएको छ।

फिल्म हेरिसकेपछि धेरै अतिथि भावुक भएका थिए। विशेषगरी, धेरैले आफ्नो परिवारका सदस्यलाई ‘बारबार सम्झनामा ल्यायो’ भन्दै प्रतिक्रिया दिए। वरिष्ठ अभिनेता हरिवंश आचार्यले फिल्मले देखाएको कथा हरेक गाउँको समस्या भएको बताए। उनले ‘परान’ हेर्दा धेरैले आफ्नो घरको कथा महसुस गर्न सक्ने भन्दै सबैलाई फिल्म हेर्न आग्रह गरे।

अहिलेको सुपरहिट फिल्म ‘जेरी अनटप’ का निर्देशक सुयोग गुरूङले ‘परान’ छुटाउनै नहुने फिल्म बनेको प्रतिक्रिया दिए। हेरिरहँदा धेरैपटक भावुक बनाएको उनको प्रतिक्रिया थियो। अन्य सेलिब्रेटीले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए।

साथै, प्रिमियरमा उपस्थित अधिकांशले फिल्मका निर्माताद्वय शेखर गोल्छा र रन्जित आचार्यलाई फिल्म निर्माणमा प्रवेशसँगै उत्कृष्ट फिल्म दिएकोमा बधाई तथा शुभकामना दिए।

फिल्मले आफ्नो उमेरको उत्तरार्धमा रहेका एक बाबुको कथा प्रस्तुत गर्छ, जसले आफ्ना सन्तानको नजिक रहन चाहन्छन् तर सन्तानका आफ्नै प्राथमिकताका कारण ती चाहना पूरा हुन सक्दैनन्। यसै अन्तरद्वन्द्वलाई फिल्मले भावनात्मक रूपमा चित्रण गरेको छ।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रूपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतको अभिनय छ। 

फिल्मको रनटाइम २ घण्टा २६ मिनेट छ।

यो पनि: शेखर गोल्छा भन्छन्– सिने क्षेत्रमा मेरो लगानी दिगो हो, वर्षमा ३–४ वटा फिल्म ल्याउँछौं





Read More