― Advertisement ―

Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

यम शेर्पा निर्देशित फिल्म ‘मिरमिरे’ को दुईवटा पोस्टर सार्वजनिक भएका छन्। यी पोस्टरमा फिल्मका मुख्य कलाकारहरू फिचर्ड छन्।

पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र बाल कलाकार शाइसा गौचनलाई देख्न सकिन्छ। मधुरो प्रकाश र पहाडी पृष्ठभूमिमा दयाहाङ र शाइसा भावुक मुद्रामा प्रस्तुत छन्। उनीहरू बाबु–छोरीको रहेको र कुनै तनाव वा वियोगको अवस्थामा रहेको देखिन्छ। यस पोस्टरले दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको संकेत गर्दछ। 

दोस्रो पोस्टरमा भने प्रकाश सपुत र सिर्जना निङ्लेखु फिचर्ड छन्। यसमा प्रकाश विद्यार्थीको भेषमा र सिर्जना शिक्षिकाको भेषमा देखिएका छन्। सिर्जना मन्द मुस्कानमा छिन् भने प्रकाश खुसीपूर्वक हाँसिरहेका छन्। यी दुईबीचको सम्बन्ध शिक्षक–विद्यार्थीको मात्र हो वा प्रेमिप्रेमिकाको पनि भन्ने कुरा निर्माण पक्षले स्पष्ट पारेको छैन। यद्यपि, उमेरका हिसाबले प्रकाश सिर्जनाका विद्यार्थीजस्तो भने देखिँदैनन्। 

यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’ मा दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङ्लेखु मुख्य भूमिकामा छन्। साथमा माओत्से गुरूङ, छुल्ठिम गुरूङ, भोलाराज सापकोटालगायतका कलाकारहरूको पनि यसमा अभिनय छ। बाल–कलाकारहरूमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल रहेका छन्।

दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो। निर्देशक यम शेर्पाले भने दयाहाङसँग दोस्रोपटक काम गरेका हुन्। यसअघि यमको निर्देशनमा बनेको पहिलो फिल्म ‘कार्साङ’ मा पनि दयाहाङ मुख्य भूमिकामा थिए।

Laxmi bank
Laxmi bank

‘मिरमिरे’ को कथा यम शेर्पा स्वयंले लेखेका हुन् भने छायांकन आलोक शुक्लाले गरेका छन्।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा यसका निर्माता हुन्। गोविन्द बोहरा र सुदिप कुँवर सह–निर्माता छन्। आरआर फिल्मसका सञ्चालक तथा चलचित्र वितरक रोहित कट्टेल यस फिल्म कार्यकारी निर्माता हुन्।

‘मिरमिरे’ को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले लिएको छ। फिल्म माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ।





Read More