― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

नीर शाहको प्रमुख अभिनय रहेको फिल्म ‘परान’ ले बक्स अफिसमा चार करोड रूपैयाँमाथिको ग्रस कमाइ गरेको छ।

दीपक आचार्य (काकु) निर्देशित फिल्मले प्रदर्शनको १० दिनसम्ममा उक्त कमाइ गरेको हो। 

चलचित्र विकास बोर्डका अनुसार, फिल्मले बक्स अफिसमा शनिबारसम्म ३ करोड ७१ लाख ३६ हजार रूपैयाँ ग्रस कमाइ गरेको छ। बोर्डले सोमबार फिल्मको शनिबारसम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। जसअनुसार फिल्मले सिनेपाः बक्सअफिसमा शनिबारसम्म ३ करोड ७१ लाखभन्दा बढी कमाइ गर्दा १ लाख २८ हजार बढी टिकट बिक्री भएको उल्लेख छ। 

आइतबार फिल्मले ६० लाख रूपैयाँ हाराहारी कमाइ गरेको निर्माताले जनाएका छन्। यसरी फिल्मले आइतबारसम्म ४ करोडमाथिको ग्रस कमाइ गरेको हो। 

दीपक आचार्य (काकु) निर्देशित फिल्मले प्रदर्शनको पहिलो दिन मुस्किलले ५ लाखको व्यापार गरेको थियो। धेरैले यसलाई हलबाट चाँडै ओर्लिने सूचीमा राखिसकेका थिए। तर, अहिले आइतबारसम्म आइपुग्दा व्यापारमा यसले धेरैलाई चकित पारेको छ। 

‘परान’ को ‘वर्ड अफ माउथ’ बलियो हुँदा फिल्म ‘सुपरहिट’ को बाटोमा अगाडि बढेको छ।

पारिवारिक कथामा बनेको ‘परान’ मा नीर शाहका साथमा मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, केकी अधिकारी, पूजा चन्द, अञ्जना बराईली, प्रविण खतिवडा, बुद्धि तामाङलगायतको अभिनय छ।

Laxmi bank
Laxmi bank

फिल्मको निर्माता शेखर गोल्छा र रञ्जित आचार्य हुन्।

चलचित्र विकास बोर्डले हरेक सोमबार बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने गरेको छ। यसपटक ‘परान’ सहित ‘जेरी अन टप’ , ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’, ‘मैझारो’ को बक्स अफिस रिपोर्ट पनि सार्वजनिक गरेको छ।

गत शुक्रबार रिलिज ‘जारी २’ र ‘मन बिनाको धन’ को बक्स अफिस विवरण आगामी सोमबारमात्र सार्वजनिक हुनेछ।

box-office-----1762769566.jpg

 

 

 

 

 

 





Read More