― Advertisement ―

Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले हालै एक अन्तर्वार्तामा आफूलाई आगामी जुनीमा गोविन्दाजस्तो पति नचाहिने बताएकी छिन्। उनले एक स्टारकी पत्नी हुनु कति चुनौतीपूर्ण हुन्छ र गोविन्दाका विगतका गल्तीहरूले कसरी वैवाहिक जीवनमा प्रभाव पारेको छ भन्नेबारे खुलेर कुराकानी गरेकी हुन्। 

पिंकभिलासँगको कुराकानीमा सुनिताले आफ्नो ३८ वर्षको वैवाहिक सम्बन्ध र यसका उतारचढावबारे कुरा गरेकी छन्।

उनले भनेकी छन्, ‘आफूलाई सधैं नियन्त्रणमा राख्नुपर्छ। युवावस्थामा मान्छेबाट गल्तीहरू हुन्छन्, मैले पनि गरेकी छु र गोविन्दाले पनि गरेका छन्। तर जब उमेर पाक्छ, त्यस्ता गल्तीहरूले शोभा दिँदैनन्। सुन्दर परिवार, मायालु श्रीमती र प्यारा बच्चाहरू हुँदा किन त्यस्ता गल्तीहरू गर्ने?’

उनले गोविन्दालाई कहिल्यै सोधपुछ नगरेको बताइन्। किनभने उनी आफ्ना बच्चाहरूलाई असाध्यै माया गर्ने र उनीहरूबाट मात्र प्रेमको अपेक्षा राख्ने बताएकी छन्। उनले जीवनमा खासै साथीहरू नभएको र आफ्ना छोराछोरीलाई नै साथी ठान्ने गरेको पनि बताएकी छन्। 

सुनिताले अगाडि भनेकी छन्, ‘उहाँ (गोविन्दा) नायक हुनुहुन्छ। म के भन्न सक्छु र? उहाँले आफ्नी श्रीमतीसँग भन्दा बढी समय हिरोइनहरूसँग बिताउनुहुन्थ्यो। एक स्टारकी पत्नी बन्नका लागि तपाईं निकै बलियो महिला हुनुपर्छ। तपाईंले आफ्नो मनलाई ढुङ्गाजस्तै कठोर बनाउनुपर्छ। यो कुरा बुझ्न मलाई ३८ वर्ष लाग्यो; जवानीमा मलाई यसको हेक्का थिएन।’ 

सुनिताले गोविन्दा राम्रो छोरा र भाइ भए पनि ‘राम्रो पति नभएको’ स्वीकार गर्दै अर्को जुनीमा उनलाई पति रूपमा नचाहिने स्पष्ट पारिन्।

सुनिता र गोविन्दाले सन् १९८७ मा विवाह गरेका थिए। छोरीको जन्मसम्म उनीहरूको विवाह गोप्य राखिएको थियो। सन् १९९७ मा उनीहरूले दोस्रो सन्तान, छोरा यशवर्धन आहुजालाई स्वागत गरे। टीनाले बलिउडमा डेब्यु गरिसकेकी छिन् भने यशवर्धन पनि फिल्म उद्योगमा प्रवेश गर्ने तयारीमा छन्।

Laxmi bank
Laxmi bank

यस वर्षको सुरूमा गोविन्दा र सुनिताले ३८ वर्षको वैवाहिक जीवनपछि सम्बन्धविच्छेद गर्न लागेको हल्ला चलेको थियो।

गोविन्दाको मराठी अभिनेत्रीसँग अफेयर रहेको खबर पनि आएको थियो। तर, यो जोडीले गणेश चतुर्थी सँगै मनाएर सम्बन्धविच्छेदको हल्लालाई गलत साबित गरेका थिए।





Read More