― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


फिल्म ‘अभिमन्यु: च्याप्टर १’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ। 

 पटक-पटक प्रदर्शन मिति तय गरेर पनि स्थगन भएको फिल्म मंसिर १८ गते रिलिज हुने भएको हो। 

निर्माण टिमले बिहीबार नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरेको हो। जेनजी आन्दोलन, बाढी पहिरो तथा अन्य फिल्मको बाक्लो लाइनअपका कारण ‘अभिमन्यु ः च्याप्टर १’ यसअघि पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन सकेको थिएन।

‘हामीले अब फिल्म मंसिर १८ गते प्रदर्शनमा आउने निर्णय गर्‍यौं’, निर्माता विनोद पौडेलले भने, ‘सबैको सल्लाह र सुझाव अनुसार यो मितिमा आउने निर्णय गरेका हौं।’ उनले सबैको सहयोगका अपेक्षा समेत गरेका छन्।

नयाँ पोस्टरमा फिल्मका अधिकांश कलाकारलाई देख्न सकिन्छ। पोस्टरमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरूङ, प्रकाश दाहाल र शिशिर वाङ्देललाई देख्न सकिन्छ। जसलाई क्यारेक्टर पोस्टरमा फिचर्ड गरिएको छ। 

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु: च्याप्टर १’ को क्रिएटिभ निर्देशक मदन थापा छन्। यस फिल्ममा मुकेश खनालको लेखन छ। 

फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

शरद महतोको डिओपी रहेको यस फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादन छ।

 





Read More