― Advertisement ―

कसरी हेर्ने Traitors India सिजन 2 अनलाइन जहाँबाट

The Traitors विश्वको सबैभन्दा लोकप्रिय गेम शो मध्ये एक हो, र भारतमा दोस्रो सिजन फिर्ता ल्याउने निर्माताहरू हुन्। यो पक्कै पनि भारतमा मात्रै स्ट्रिमिङ...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


फिल्म ‘पाँच पाण्डव’ को शुभमुहूर्त गरिएको छ। ठूलो अपेक्षा र लगानीसहित यो फिल्म निर्माण हुँदैछ।

काठमाडौंको गणेशस्थानमा मंगलबार एक समारोहबीच फिल्मको शुभमुहूर्त सम्पन्न भएको हो।

वसन्त निरौलाले निर्देशन गर्ने यस फिल्ममा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) मुख्य भूमिकामा रहनेछन्। यी कलाकारले ‘पाँच पाण्डव’ को भूमिका निर्वाह गर्नेछन्। निर्माणपक्षले दिएको जानकारीअनुसार महिला कलाकारको रूपमा दीपाश्री निरौला र रजनी गुरूङ रहने छन् ।

निर्माणपक्षले फिल्म धार्मिक नभई सामाजिक नाटक (सोसल ड्रामा) भएको स्पष्ट पारेको छ।

हिन्दु महाकाव्य महाभारतका केन्द्रीय पात्र ‘पाँच पाण्डव’ को नाम प्रयोग गरिए पनि फिल्मको कथावस्तु समसामयिक सामाजिक परिवेशमा आधारित हुने बुझिएको छ ।

हालसम्म फिल्ममा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवको भूमिकामा कुन कलाकार रहनेछन् भन्ने प्रष्ट पारिएको छैन। यद्यपि, उमेर र अनुभवका आधारमा हरिवंश आचार्य युधिष्ठिरको भूमिकामा रहनसक्ने अनुमान गरिएको छ।

निर्देशक निरौलाका अनुसार केही कलाकारको छनोट कार्य भने बाँकी नै छ।

कालीरानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। पौडेल चर्चित फिल्म ‘प्रसाद’ का लेखक पनि हुन्।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको यस फिल्मका निर्माता काली रानी श्रेष्ठ हुन्। हरिवंश आचार्यसहितका रुचाइएका र अग्रज कलाकारहरू भएकाले फिल्मको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै सम्झौता नगरिने प्रस्तुतकर्ता श्रेष्ठले बताए।

‘हाम्रो फिल्ममा कलाकारहरूको राम्रो लाइनअप तपाईंहरूले देखि नै सक्नुभयो। हामी फिल्म पनि दर्शकले रुचाउने किसिमको बनाउने छौँ,’ उनले भने, ‘हामी एक सफल र दर्शकले सम्झिरहने ऐतिहासिक फिल्म बनाउने छौँ।’ 

यसअघि गतवर्ष नवीनले फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

केही महिनाभित्र छायांकन सुरू गरिने ‘पाँच पाण्डव’ को प्रोडक्सन म्यानेजरमा दिलिप पन्त छन्।

panch-pandav-1-1762241181.jpg

panch-Pandavas--1762241182.jpg

 





Read More