― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ मा यसपटक प्रसिद्ध गायिका ज्ञानु राणा प्रस्तुत हुने भएकी छिन्।

कार्यक्रम यही आउँदो शुक्रबार र शनिबार नेपालयको ‘आर’ शालामा आयोजना हुँदैछ। यसपटकको पलेँटीमा प्रसिद्ध लोक कलाकार धर्मराज थापाको स्मरण गरिने भएको छ, ज्ञानु राणा धर्मराज थापाकी सुपुत्री हुन्।

पिताजीको प्रेरणाले नै गायनमा लागेको बताउने ज्ञानु राणाले आफ्ना सुपुत्र विकासजंग राणालाई समेत पलेँटीमा सहभागी गराउने भएकी छिन्। विकासजंगले धर्मराज थापाका लोकप्रिय गीतहरू सुनाउनेछन्। यसकारण, यसपालिको पलेँटीलाई तीनपुस्ते सिर्जनात्मक संगमका रूपमा पनि लिन सकिन्छ।

ज्ञानु राणाले गाएका अनगिन्ती गीतहरूले लोकप्रियताको शिखर चुमेका छन्। उनी मुख्यगरी लोक गायनमा भिजेकी कण्ठ–शिल्पी हुन् तर उनले गाएका आधुनिक गीत, गजल र भक्ति गीत पनि उत्तिकै प्रभावशाली छन्। उनले प्रसिद्ध गायक नारायण गोपालसँग सह-गायन गरेका ‘मान्छेको माया यहाँ’ र ‘सिरीमा सिरी नि कान्छा’ आजसम्म पनि उत्तिकै रुचाइएका गीतको लहरमा पर्छन्।

त्यस्तै गोपाल योञ्जनले बुनेको अद्भुत तामाङ सेलो ‘च्याङबा होए च्याङबा’ गीतलाई त अहिलेको पुस्ताले पनि उत्तिकै माया दिएको पाइन्छ।

नारायण गोपाल र गोपाल योञ्जनका साथै उनले अनेकौं लोकगायकसँग पनि सह-गायन गरेकी छिन्। पलेँटीमा प्रस्तुत हुने ज्ञानु राणाका युगल गीतमा गायक रूपक चौधरीले साथ दिने भएका छन्।

यसपालिको कार्यक्रमले नेपाली संगीतको स्वर्णिमकाल सम्झाउने कुरा पलेँटीका संयोजक आभासले बताएका छन्। उनी भन्छन्, ‘ज्ञानु दिदी नेपाली लोक गायन र आधुनिक गायनकी दोभान हुन्। यसपालिको पलेँटीमा पुरानो पुस्तालाई ‘नोस्टाल्जिक’ बन्ने अवसर जुट्नेछ र नयाँ पुस्तालाई लोकप्रियताको ‘अर्ग्यानिक’ सौन्दर्यको अनुभूति गर्ने अवसर।’

आयोजकका अनुसार यसपालिको पलेँटीमा ‘चौतारीमा मै बसे होला कि’, ‘भिज्यो तिम्रो रातो पछ्यौरी’, ‘आज मादल बजेको किन’, ‘साइँली रिमै चौँरी गाई’, ‘हरियो डाँडामाथि’ जस्ता झन्डै डेढ दर्जन गीतहरू प्रस्तुत हुनेछन्।

दसैंअगाडिदेखि नै पलेँटीको तयारीमा जुटेकी ज्ञानु राणा निकै उत्साहित देखिन्छिन्। आउँदो पलेँटीबारे राणा भन्छिन्, ‘मैले १४ वर्षको उमेरमा गीत गाउन थालेकी हुँ, बुबाले हात समातेर रेडियो नेपाल पुर्‍याएको हिजो जस्तो लाग्छ। युग पो बितिसक्यो।’

भावुक देखिएकी ज्ञानु राणा अगाडि भन्छिन्, ‘गीत धेरै गाइयो। श्रोता, दर्शकसँग अगाध माया पाइयो। गलाले साथ दिउन्जेल गाइरहने हो। पलेँटीका श्रोता, दर्शकले पनि अवश्य माया दिनुहुनेछ।’ 

पलेँटी आजभन्दा २० वर्षअगाडि सुरु भएको सांगीतिक कार्यक्रम हो। यो कार्यक्रम यसै अक्टोबर महिनाको अन्तिम शुक्रबार, ३१ तारिख र नोभेम्बर १ तारिखका दिन आयोजना हुनेछ। कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा हुने यस कार्यक्रमको टिकट www.paleti.com.np अनलाइनबाटै प्राप्त गर्न सकिन्छ।

यसपालिको पलेँटीदेखि कार्यक्रम स्थलमा आएर प्रत्यक्ष कार्यक्रम हेर्न अनुकूल नहुने संगीतप्रेमीका निम्ति नयाँ व्यवस्था सुरु गरिएको छ। विभिन्न कारणले नेपालकै अन्य क्षेत्रमा वा देशभन्दा बाहिर रहेर कार्यक्रममा प्रत्यक्ष आउन सम्भव नहुनेहरूका लागि पलेँटीको ‘पे पर भ्यू प्लेटफर्म’ सुरु गरिएको छ।

यसअन्तर्गत संगीतप्रेमीले अनलाइनबाटै निश्चित रकम तिरेर आफ्नो फोन, कम्प्युटर वा टेलिभिजनमा पलेँटीको प्रत्यक्ष प्रसारण (लाइभ) हेर्न पाउनेछन्। त्यसका निम्ति www.paleti.com.np मै शुल्क तिरेर ‘लाइभ’ अवलोकन गर्न मिल्ने लिङ्क उपलब्ध गराइने व्यवस्था गरिएको जनाइएको छ।





Read More