― Advertisement ―

जर्ज मेलियसले 130 वर्ष पहिले एआई रोबोट विद्रोहको बारेमा हामीलाई चेतावनी दिन खोजे, र म छक्क परेको छैन।

एक शोम्यानले रोबोटलाई शक्ति दिन्छ, जुन त्यसपछि नियन्त्रण बाहिर बढ्छ र उसलाई आक्रमण गर्दछ। यो एक परिचित विषयवस्तु हो, सायद २० औं र २१...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ।

फिल्मले प्रदर्शनको पहिलो ९ दिनमा ६ करोड ५० लाख रूपैयाँभन्दा माथिको व्यापार गरेको छ। चलचित्र विकास बोर्डले फिल्मको गत शनिबारसम्मको आधिकारिक ग्रस कमाइ सार्वजनिक गरेको छ। सोमबार बिहान सार्वजनिक विवरणअनुसार शनिबार रातिसम्ममा फिल्मले देशभर ६ करोड ५१ लाख रूपैयाँ ग्रस कमाएको हो। सो अवधिमा यो फिल्मको १ लाख ९९ हजार ३९६ वटा टिकट बिक्री भएको छ।

सुयोग गुरूङ निर्देशित एड्भेन्चर–लभस्टोरी जनराको ‘जेरी अन टप’ मा अनमोलसँगै आँचल शर्मा र जसिता गुरूङले मुख्य अभिनय गरेका छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको समेत अभिनय छ।

सोमबार ११ औं दिनमा पनि फिल्ममा दर्शकको उपस्थिति उच्च छ। शोहरू आज पनि हाउसफुल छन्।

यो पनिः चलचित्र विकास बोर्डले सार्वजनिक गर्‍यो दसैंका फिल्मको कमाइ, ‘बलिदान’ अग्रस्थानमा





Read More