― Advertisement ―

Nintendo’s Switch 2 को मूल्य सेप्टेम्बर 1 मा AU$769.95 मा बढ्दै छ – जसले EOFY को लागि यो AU$629 सम्झौतालाई अझ आकर्षक बनाउँछ।

निन्टेन्डोले मे मा घोषणा गर्‍यो कि यो चाँडै नै अष्ट्रेलियाली मूल्य बढाउने योजनाहरू यसको स्विच 2 कन्सोलको रूपमा "बजारको विभिन्न सर्तहरू" को रूपमा स्विच...
HomeLatest newsसुवास खकुरेल लुम्बिनी लायन्सको सहायक प्रशिक्षक नियुक्त

सुवास खकुरेल लुम्बिनी लायन्सको सहायक प्रशिक्षक नियुक्त


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी सुवास खकुरेल लुम्बिनी लायन्सको सहायक प्रशिक्षक नियुक्त भएका छन्।
  • खकुरेलले लगभग साढे ३ वर्षपछि नेपाली क्रिकेटमा कमब्याक गर्दै आफूलाई सुनौलो अवसर भएको बताए।
  • एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि सुरु हुँदैछ र लुम्बिनीले विदेशी खेलाडी डार्शी शर्ट र थोमस ड्राका अनुबन्ध गरिसकेको छ।

१२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी सुवास खकुरेल नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

लुम्बिनीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो । खकुरेल नेपालका लागि टी-२०आईमा अर्धशतक बनाउने पहिलो खेलाडी हुन् । उनले सन् २०१४ को टी-२० विश्वकप खेलेका थिए ।

लुम्बिनीसँग जोडिन पाउँदा उत्साहित रहेको उनले बताएका छन् । ‘धेरै खुसी छु, लगभग साढे ३ वर्षपछि नेपाली क्रिकेटमा कमब्याक गर्दै छु, मेरा लागि सुनौलो अवसर पनि हो’ खकुरेलले भने, ‘म सधैं कोचिङ स्टाफका रूपमा काम गर्न पनि मन थियो र त्यो पूरा पनि भएको छ।’

लुम्बिनीले विदेशी खेलाडीहरूमा अस्ट्रेलियाका डार्शी शर्ट र इटालीका थोमस ड्राका अनुबन्ध गरिसकेको छ ।

लुम्बिनीले गत सिजनका मार्की तथा कप्तान रोहित पौडेलसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई रिटेन गरेको छ ।

अक्सनबाट दिलिप नाथ, विशाल पटेल र शेर मल्ललाई अनुबन्ध गर्दा विश लिस्टबाट दुर्गेश गुप्ता र आदिल खान अनुबन्ध गरेको छ ।

एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि सुरु हुँदैछ ।





Read More