― Advertisement ―

के तपाईको Xbox नियन्त्रकले हालसालै ब्याट्री समावेश नगरी पठाएको थियो? माइक्रोसफ्टले अन्ततः मुद्दालाई स्वीकार गरेको छ र खेलाडीहरूलाई ‘एक पटकको प्रस्ताव’ को साथ क्षतिपूर्ति...

केही Xbox ब्याटर शिपिङ बिना वायरलेस कन्ट्रोलरहरू छन्। महिनाहरूMicrosoft ले अब खेलाडीहरूलाई आफ्नो हराएको वस्तु नि:शुल्क दाबी गर्न "एक पटकको प्रस्ताव" प्रदान गरिरहेको छखेलाडीहरूले...
Homeराष्ट्रिय समाचारसुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला

सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला



१७ कात्तिक, काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूको छुट्टै भेला सुरु भएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेका हुन् ।

नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा उनीहरु भेला भएका हुन् । ‘कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्य साथीहरू भेला हुँदैछौं’, केन्द्रीय सदस्य गुरू बरालले भने ।

नेता बरालले भेलाबाट १५औं महाधिवेशनको मिति प्रस्ताव गरिने पनि बताए । भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारी कालागि आह्वान गरिने उनको भनाइ छ ।

कांग्रस केन्द्रीय सदस्य नैनसिंह १५औं महाधिवेशनमा कुन तरिकाले जाने, निकास के होला भनेर छलफल गर्न लागिएको बताए ।

संस्थान पक्षीय केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन पनि माग गर्ने तयारी गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More