― Advertisement ―

एनएचएसका कर्मचारीहरूले बिरामीको रेकर्डमा जासूसी गर्दा अब जेलको जोखिममा परेका छन् किनकि व्यापक क्र्याकडाउनले बेलायतको स्वास्थ्य सेवा प्रणालीमा चौंकाउने गोपनीयता असफलताहरू उजागर गर्दछ।

NHS ले स्वास्थ्य हेरचाहकर्ताहरूलाई रेकर्ड गर्न सक्ने चेतावनी दिन्छ स्थायी रूपमागोपनीय मेडिकल रेकर्डहरूमा गैरकानूनी पहुँचको लागि जेलको समय अब खारेजमा सामेल हुन्छहाइ-प्रोफाइल अपराध पीडितहरूको...
HomeLatest news‘सुरुका र आजका जेनजीमा आकाश जमिन फरक छ’ – KhabarHost

‘सुरुका र आजका जेनजीमा आकाश जमिन फरक छ’ – KhabarHost



१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुरुका दिन र अहिले जेनजीहरूको बुझाईमा आकाशजमिन फरक पाएको बताएकी छन् । उनले सुरुमा अनेथरी माग लिएर आउने जेनजीहरू अहिले यही संविधान, व्यवस्थाको कुरा गर्दै चुनावमा जानुपर्छ भन्ने विन्दुमा आइपुगेको उल्लेख गरिन् ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा सम्पादकहरूसँगको अन्तर्क्रियामा जेनजीहरूको  बुझाइ बदलिएको भन्दै प्रसन्नता पनि व्यक्त गरिन् ।

‘डे वानका जेनजी र आजका जेनजीबीच आकाश जमिनको फरक छ’ उनले भनिन्,’अहिलेले हामीले भन्दा राम्ररी कानुनका कुरा गर्ने भएका छन् । बुझाई कति राम्रो भएको छ । अस्ती २०/२१  वटा ग्रुपसँग कुरा भयो । उहाँहरूका कुरा देख्दा त रामचन्द्र पौडेल, शेरबहादुर देउवा युवा हुँदाका जस्ताको पनि देखेँ ।’

उनका अनुसार सुरुमा प्रत्यक्ष निर्वाचित कार्यकारी, अन्तरिम संविधान लगायतका अनेक कुरा आएका थिए । अहिले जेनजीहरूले त्यस्तो कुरा छैन ।

‘अहिले जेनजी खारिँदै गएका छन्’ उनले भनिन् । उनले बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेनजीबीचको वार्तामा धेरै राम्रो संवाद भएको उल्लेख गरिन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More