― Advertisement ―

युक्रेनले अमेरिकाको अफ-द-सेल्फ ड्रोनहरू युद्धक्षेत्रको आविष्कार दौडको रूपमा सैन्य खरिद अघि छिटो अप्रचलित हुन सक्छ

प्रणालीमा परिमार्जित युक्रेनले मानक आउट भन्छ लडाई।एआई-सहयोगित ड्रोनहरू सयौं किलोमिटर टाढाको लक्ष्यमा पुगिरहेका छन्।इलेक्ट्रोनिक युद्धले ड्रोन सञ्चार प्रणालीमा निरन्तर परिवर्तन गर्न बाध्य पार्छ।युक्रेनले विस्तार...
HomeLatest newsसुनसरीको दुहबीस्थित जुट मिलमा आगलागी – KhabarHost

सुनसरीको दुहबीस्थित जुट मिलमा आगलागी – KhabarHost



६ मंसिर, धरान (सुनसरी) । सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरस्थित जुट मिलमा आगलागी भएको छ । राजकुमार गोल्छाले सञ्चालन गर्दै आउनुभएको उक्त जुट मिलमा आज दिउँसो करिब ४:३५ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

‘धागो भएकाले सजिलै सल्किने सामग्री अधिक मात्रामा रहेकाले आगो भित्री भागबाट तीव्र रूपमा फैलिएको छ, जसले नियन्त्रणमा कठिनाइ भएको हो,’ उनले भने ।

आगलागीबाट भएको क्षतिको विवरण हाल अनुमान गर्न नसकिने उनको भनाइ छ ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका करिब १५–२० जना प्रहरीका साथै विराटनगर, दुहबी, देवाङ्गञ्ज, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरानबाट गरी आठवटा दमकल परिचालन गरिएको प्रवक्ता खड्काले जानकारी दिए । उनका अनुसार दमकल तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रण कार्य अहिलेसम्म जारी रहेको छ ।

आगलागी कसरी भयो भन्ने पत्ता लाग्न नसकेको उनले बताए ।

विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जनाउँदै उनले आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि विस्तृत विवरण सङ्कलन गरिने उल्लेख गरे ।





Read More