― Advertisement ―

UK ड्राइभिङ सिद्धान्त परीक्षण बैठक कोठामा जान सक्छ किनकि DVSA ले बढ्दो ब्याकलग संकट र ढिलाइको बीचमा रिमोट परीक्षाहरू अन्वेषण गर्दछ।

रिमोट परीक्षणले लामो समयको प्रतीक्षालाई कम गर्न सक्छ। ब्याकलग दबाबले परम्परागत परीक्षण विधिहरूको पुनर्विचार गर्न बाध्य पारिरहेको छएआई प्रोक्टोरिङले निष्पक्षता र निरीक्षणको बारेमा नयाँ...
HomeLatest newsसुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ७६ हजार ५ सय

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ७६ हजार ५ सय


फाइल तस्वीर



२९ पुस, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले मंगलबार नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सोमबार २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन १ हजार ८ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो ।

सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड राखेको छ । सोमबारको तुलनामा तोलामा १ सय ४५ रुपैयाँले वृद्धि भई चाँदी मंगलबार ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।

सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा बिक्री भएको थियो ।





Read More