― Advertisement ―

Homeविजनेससुनको भाउ घट्यो, चाँदी बढ्यो – KhabarHost

सुनको भाउ घट्यो, चाँदी बढ्यो – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेर २ लाख ३६ हजार ३ सय रुपैयाँ तोकेको छ।
  • अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ प्रतिऔंस ३९५८ अमेरिकी डलरमा कारोबार भएको छ।
  • चाँदीको भाउ बुधबार प्रतितोला ४५ रुपैयाँले बढेर २९६५ रुपैयाँ पुगेको छ।

१२ कात्तिक, काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार (नेपाली समय ११ बजे) प्रतिऔंस ३९५८ अमेरिकी डलरमा सुनको कारोबार भएको छ ।

चाँदीको भाउ भने बढेको छ । प्रतितोला ४५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन २९२० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९६५ रुपैयाँ पुगेको छ ।





Read More