― Advertisement ―

LG C5 हाम्रो शीर्ष-मूल्याङ्कन गरिएको टिभी हो र Amazon को सबैभन्दा धेरै बिक्रि हुने OLED डिस्प्ले हो — 42-इन्च मोडेल मात्र $999 मा पाउनुहोस्

यदि तपाईंले Amazon मा सबैभन्दा बढी बिक्रि हुने OLED टिभी, तपाईले <a-link" डेटा-लाइनमा फेला पार्नुहुनेछ। href="https://www.techradar.com/tag/lg" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/lg" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://s.dar.g. 42-इन्च C5 OLED...
Homeसुनका गहनामा १२ प्रतिशतसम्म थप रकम असुल्दै व्यापारी

सुनका गहनामा १२ प्रतिशतसम्म थप रकम असुल्दै व्यापारी


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालमा सुनको मूल्य विगत एक वर्षमा ५४.०१ प्रतिशत र विगत एक महिनामा १७.६५ प्रतिशतले वृद्धि भएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले दैनिक ४० किलो सुनको माग भए पनि बैंकले पर्याप्त सुन उपलब्ध गराउन नसकेको बताउनुभयो।
  • अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य डिसेम्बरसम्म ३६.५ प्रतिशतले बढेर प्रतिऔंस ५ हजार ८ सय अमेरिकी डलर पुग्ने अनुमान छ, जसले नेपाली बजारमा मूल्य थप बढ्नेछ।

२ कात्तिक, काठमाडौं । यतिबेला न्युरोड, असन क्षेत्रका सुनचाँदी पसलमा ग्राहकको थामिनसक्नु भीड छ । तिहार नजिकिँदै गर्दा गरगहना बनाउने, किन्नेको भीड बढेको हो ।

अर्कोतर्फ मूल्य बढिरहेपछि आम ग्राहकमा अहिले नै गहना नबनाउने हो भने पछि झन् महँगिएर बनाउनै नसकिने डर बढेको छ ।

विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ १७.६५ प्रतिशत, छ महिनामा ४५.१० र एक वर्षमा ५४.०१ प्रतिशत मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिअनुसार नेपालमा पनि मूल्य समायोजन हुन्छ । अझ डलरको भाउले  यहाँ थप असर पर्दछ ।

अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा सुन १७.७१ प्रतिशत, छ महिनामा २९.४१ र एक वर्षमा ५८.०८ प्रतिशत बढेको छ ।

यो मूल्यवृद्धिलाई लगानीका रुपमा सदुपयोग गर्नेले प्रशस्त प्रतिफल लिएका छन् । विश्वभर छोटो अवधिमा सुनमा देखिएको यो प्रतिफल दर अरु क्षेत्रमा करिब असम्भवजस्तै बन्यो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ यसरी उचालिएपछि विश्वभरका लगानीकर्ताको ध्यान सुनमै तानिएको छ ।

यहीं कारण यतिबेला नेपाल र भारतमा समेत सुनको माग अत्याधिक बढेको छ । माग बढेपछि दुवै देशका बजारमा भौतिक सुनको अभाव देखिएको छ । सुनको अभावपछि व्यापारीले १२ प्रतिशतसम्म थप प्रिमियम अशुलेर गरगहना बिक्री गरिरहेका छन् ।

‘यतिबेला दैनिक ४० किलो सुनको माग छ’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भने ‘तर हामीले पाइरहेका छैनौं, बैंकले पर्याप्त ल्याउन सकेकै छैनन् ।’

व्यापारीले यतिबेला अभावलाई देखाएर सुनका गरगहना बनाउन आउनेलाई १२ प्रतिशतसम्म अतिरिक्त रकम (प्रिमियम) अशुल्ने गरेका छन् । अझ सुन महँगिरहेपछि व्यापारीलाई पनि आजको साटो भोलि बेच्यो झन् नाफा, पर्सि बेच्यो झन् नाफा सिर्जना भइरहेको छ । यहीं कारण अहिले १ तोला सुनको गहना बनाउनु परेमा ज्याला तथा जर्तीसहित १२ प्रतिशत थप शुल्क तिर्दा २ लाख ८३ हजारभन्दा बढी पर्न आउँछ ।

गहनाको प्रकृतिअनुसार ज्याला, जर्ती र २ प्रतिशत लक्जरियस कर लाग्ने भएकाले ग्राहकले बढी रकम तिर्नुपर्ने अवस्था नै रहेको व्यवसायी बताउँछन् ।

‘मेहनत गर्नुपर्ने गहनामा ज्याला बढी लाग्छ’ रसाइलीले भने । ज्याला तथा जर्तीमा कतिसम्म लिन पाउने र त्यसका आधारबारे कुनै नीतिगत व्यवस्था छैन । ज्याला जर्तीबारे उपयुक्त नीतिगत व्यवस्था गरिदिन माग गरे पनि हुन नसकेको व्यापारी दाबी गर्छन् ।

विगतमा सुनको भाउ प्रतितोला डेढ लाख हुँदा पनि व्यापारीबीच प्रतिस्पर्धा हुन गई ज्याला, जर्तिसहित अतिरिक्त शुल्क बढीमा १० प्रतिशतसम्म रहने गर्दथ्यो । तर अहिले मूल्य उचालिएर साढे २ लाख हुँदा यस्तो अतिरिक्त शुल्क १२ प्रतिशत लाग्नुले उपभोक्ता अझ मारमा परेका छन् । एकातिर मूल्य बढ्ने डर, अर्कोतिर सुन किन्न चाहे पनि गहना नै बनाउनु पर्ने र चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ ।

तिहारका कारण त्यसै पनि सुनको माग बढेको छ । अर्कोतर्फ सुन आयात पर्याप्त हुन नसकेपछि अभाव छ । यहीं मौकामा व्यापारीले सुनका गरगहनामा चर्को अशुली गरेका छन् । नेपालमा वाणिज्य बैंकहरुले मात्रै सुन आयात गर्ने अधिकार पाएका छन् ।

‘नेपालका बैंकले दुबईबाट सुन आयात गर्दै आएकोमा त्यहाँबाट भनेजति भौतिक सुन ल्याउन पाइरहेका छैनन्, त्यसैले आयात कसिलो देखिएको छ’ एक बैंकरले भने । नेपाल बैंकर्स एसोसिएसनका अनुसार बैंकहरूसँग यतिबेला जम्मा ७८ केजी सुन छ ।

हालै नेपाल राष्ट्र सुन आयातलाई सहज बनाउन भन्दै दैनिक वाणिज्य बैंकले ल्याउन पाउने सीमा २० किलोबाट बढाएर २५ किलो कायम गरेको छ । यद्यपि सुन पर्याप्त आउन सकेको छैन ।

त्यस्तै नेपालको सार्वजनिक विदाले पनि आयातलाई असर परेको छ । ‘शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुने भएकाले अर्डर हुँदैन’ बैंकर्स एसोसिएसनका एक उच्च अधिकारीले भने ‘भोलि सोमबारदेखि यहाँ सार्वजनिक विदा भएकाले अब एकैपटक कात्तिक ११ गते मात्रै सुन अर्डर हुन सक्छ ।’

बैंकहरुले बजारको मागअनुसार मात्रै अन्तर्राष्ट्रिय बजारबाट अर्डर गर्ने गर्छन् । ‘यहाँ सुन ल्याएर मौज्दात राखिरहँदा बीमाका कारण लागत महँगिन्छ’ एक बैंकरले भने ‘अर्कोतिर मूल्य फेरबदल हुने भएकाले धेरै सुन ल्याएर राखिँदैन ।’

बैंकहरुले सुनचाँदीका विभिन्न व्यवसायिक संगठनलाई एकमुष्ट सुन बिक्री गर्दछन्, संगठनहरुले सो सुन आफ्ना सदस्य व्यवसायीलाई बिक्री गर्दछन् । अर्कोतर्फ अहिले कतिपयले सुनलाई लगानीको माध्यमका रुपमा समेत हेर्न थालेका छन् ।

विगतमा सुनलाई गरगहनाका रुपमा मात्रै हेरिने गरेको थियो । विवाह, ब्रतबन्ध, विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सुनको माग हुने गर्दथ्यो । अब यो मान्यता परिवर्तन भएको छ । सुनलाई गरगहना मात्रै होइन, लगानीको भरपर्दो माध्यमका रुपमा समेत बुझ्न थालिएको छ ।

तर नागरिकलाई सुनमा लगानी गर्न राज्यले पूरै बन्देज लगाएको छ । राज्यको यही संकीर्ण नीतिका कारण उपभोक्तालाई अतिरिक्त प्रिमियम थपेर गहना नै किन्नुपर्ने बाध्यता छ । देशका नागरिकलाई ढिक्का तथा काँचो सुन खरिद गर्न बन्देज गरिएको छ । तर यतिबेला भने धेरैले सामान्य तोडमोड मात्रै गरेर अर्थात बेरुवा रिङ वा बालाको आकारमा सुनको माग गरेको व्यवसायी बताउँछन् ।

गरगहना नै बनाउँदा ज्याला बढी पर्न जान्छ भने सामान्य बेरुवा वा बाला बनाउँदा ज्याला केही कम पर्छ । ‘कतिपयले त ढिक्का नै माग्ने गरेका छन्, तर हामीले दिँदैनौं, बन्देज गरिएको छ’ रसाइलीले भने ‘त्यसो हुँदा बेरुवा रिङका रुपमा, कम ज्याला पर्ने खालका गहना किन्न चाहेका छन्’ ।

त्यो भनेको भौतिक सुनमा लगानी गर्न चाहनु हो । बाध्यताका कारण नेपालीले बनावटी गहना किन्नु परेको व्यवसायी बताउँछन् । ‘भविष्यमा सुन अझै बढ्ला र त्यसको जोखिम लिन नपरोस् भन्ने उद्देश्य पनि होला’ रसाइलीले भने ।

यतिबेला नेपाल मात्रै नभएर विश्व बजारमै मागको तुलनामा आपूर्ति अभाव देखिएको उनले बताए । यहीं कारण मूल्य बढिरहेको छ । यो बेला सातामा १ सय केजी सुनले माग माग नधान्ने महासंघका अध्यक्ष रसाइली बताउँछन् ।

डिसेम्बरसम्म अरु ३६ प्रतिशत बढ्ने अनुमान

डिसेम्बरसम्म अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ५ हजार ८ सय अमेरिकी डलरसम्म सुनको भाउ पुग्ने क्वाइनकोडेक्सको अनुमान छ । यो भनेको हालकोभन्दा ३६.५ प्रतिशत बढी हो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २४९ डलर हाराहारी छ । एक औंस बराबर २.४३ तोला हुन्छ ।

नेपाली मुद्रासँग अमेरिकी डलरको विनिमयदरलाई स्थिर मान्दा नेपाली बजारमा अरु ३६.५ प्रतिशत मूल्य बढेमा प्रतितोला ३ लाख ४५ हजारसम्म पुग्ने छ ।

हाल नेपाली बजारमा २ लाख ५३ हजार २ सय रुपैयाँ छ । नोभेम्बरको अन्तिमसम्म प्रतिऔंस ५ हजार २०३ डलर तथा अक्टोबर अन्तिसम्म ४ हजार ६२४ डलर पुग्ने अनुमान क्वाइनकोडेक्सको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More