― Advertisement ―

यहाँ 11 TV हरू छन् जसमा म NBA Playoffs हेर्न सिफारिस गर्छु — $1,700 सम्म छुट 4K, QLED र OLED TV हरू

यो सप्ताहन्तमा NBA प्लेअफ सुरु हुन्छ, र यदि तपाइँ आफ्नो मनपर्ने टोली हेर्नको लागि आफ्नो डिस्प्ले अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने, तपाइँ Best...
HomeLatest newsसुदन गुरुङको प्रश्न– लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू...

सुदन गुरुङको प्रश्न– लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू ?



काठमाडौं । हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले काटमारको अभिव्यक्ति दिनेहरू सरकारलाई खुलेआम चुनौती दिँदै हिँड्दा पनि चुप बसेको भन्दै गृहमन्त्री ओम प्रकाश अर्यालमाथि आक्रोश पोखेका छन् ।

सरकारले ‘सानालाई ऐन र ठुलालाई चैन’ दिने खालको व्यवहार देखाएको गुनासो गर्दै गुरुङले शान्तिपूर्ण विरोध गर्ने युवाहरुको टाउकोमा ताकेर गोली हान्नेहरुलाई समातेर छानबिन गर्ने र कारबाही गर्ने आँट गृहमन्त्रीमा नदेखिएको भन्दै आक्रोश पोखेका छन् ।

गुरुङले फेसबुकमा लेखेका छन्, ‘दुर्गा प्रसाईंभन्दा धेरै भड्काउ अभिव्यक्ति दिने, काटमारको अभिव्यक्ति दिनेहरू सरकारलाई खुलेआम चुनौती दिँदै हिँडेका छन् । शान्तिपूर्ण विरोध गर्ने युवाहरुको टाउकोमा ताकेर गोली हान्नेहरू पनि तिनै हुन् । गृहमन्त्रीसँग तिनलाई त्यसरी नै समातेर छानबिन गर्ने र कारबाही गर्ने आँट देखिएन ।’

गृहमन्त्रीसँग गुरुङको प्रश्न छ, ‘आफूलाई संविधानविद भनेर चिनाउने, संविधानको कुन धारामा ‘सानालाई ऐन र ठुलालाई चैन’ लेखेको छ ? विधिको शासन लागू नहुने भने पुरानो शासन र अहिलेकोमा के फरक भयो गृहमन्त्रीज्यू ?’

शक्तिशाली व्यक्तिहरु खुलेआम लोप्पा खुवाउँदै हिँडिरहेको भन्दै उनले भनेका छन्, ‘त्यो लोप्पा स्वीकार गर्दै कुर्सीमा टासिंएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू ?’

उनले न्याय खोजिरहेका मृतक र घाइतेको उचित सम्बोधन र सबैलाई समान न्यायको प्रत्याभूति भए मात्र चुनाव सम्भव हुने पनि दोहोर्‍याएका छन् ।





Read More