― Advertisement ―

‘हाम्रो डिजिटल भाग्यको नियन्त्रण पुन: प्राप्त गर्नुहोस्’: फ्रान्सले यूएस टेकमा निर्भरता कम गर्न लिनक्सको लागि विन्डोज खान्छ

डिजिटलमा जाँदैछ "सबै उदाहरणद्वारा फ्रान्स जाँदैछ" सार्वभौमिकताLinux अपरेटिङ सिस्टमहरू विन्डोजमा अनुकूल हुनेछन्स्वास्थ्य डेटा प्लेटफर्म सार्न योजनाहरू पहिले नै छन् id="elk-16f6c5d2-c5b0-434a-9b68-df7716f5ab83">फ्रान्स लागत कटौती गर्न र...
HomeLatest newsसुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो    – KhabarHost

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो    – KhabarHost



१२ मंसिर, कालीकोट । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६ घाटाचौर क्षेत्रमा सुक्खा पहिरो खसेर पुरिएका एक जना कामदारको शव निकालिएको छ । बिहीबार बेलुका कर्णाली करिडोरको घाटचौर भिरमा सुक्खा पहिरोमा पुरिएका कामदारको आज शव निकालिएको हो ।

सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँडेका पचालझरना–७ नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए । डोजरले चट्टान पन्छाएपछि आज दिउँसो निजको शव निकालेर आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

पहिरोसँगै ठूलो चट्टान खसेकाले पुरिएका बोहोरालाई निकाल्न ढिलाइ भएको प्रहरीले जनाएको छ । बिहीबार बेलुका शव निकाल्ने प्रयास गरिए पनि अँध्यारोले सम्भव नभएको स्थानीय टेकबाहादुर बोगटीले बताए ।

कर्णाली करिडोरअन्तर्गत थिर्पु घाटचौरबाट बाजुराको पिलुचौरसम्म नेपाली सेनाको विकास निर्माण कार्यदलले विस्फोटनसहित ११ किलोमिटर सडक निर्माण गरिरहेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More