― Advertisement ―

AI अचानक प्रशिक्षित भाषाहरूमा प्रवाहित हुँदै गइरहेको छ, र यसले मेसिनहरूले वास्तवमा मानव बोली कसरी सिक्ने भन्ने बारे सबै कुरा परिवर्तन गर्दछ।

एआई मोडलहरूको साथमा भाषाहरूमा तालिम लिनुहोस्। डेटाक्रोस-भाषिक स्थानान्तरणले दुर्लभ भाषा प्रदर्शनलाई बढावा दिन साझा ढाँचाहरूलाई अनुमति दिन्छटोकनाइजर दक्षता सुधारहरूले बहुभाषिक प्रशोधन लागत र गुणस्तरमा...
HomeLatest newsसुकेधारामा झलनाथ-घनश्याम समूहको छुट्टै भेला, को को पुगे ?

सुकेधारामा झलनाथ-घनश्याम समूहको छुट्टै भेला, को को पुगे ?



१५ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीको असन्तुष्ट पक्षले बेग्लै भेला आयोजना गरेको छ । काठमाडौंको सुकेधारामा शनिबार केहीबेरदेखि असन्तुष्ट पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

हिजो (शुक्रबार) बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्र लगायतसँग एकता गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयमा सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूले असन्तुष्टि राखेका थिए । खनालले नयाँ दल गठन गर्ने घोषणा गरिसकेका छन् ।

यसैबीच आगामी रणनीति तय गर्नेगरी आज छलफल चलेको नेताहरूले बताएका छन् । भेलामा अहिलेसम्म ८४ जना नेताहरू पुगेको सहभागी एक नेताले बताए ।

सुकेधारामा भइरहेको छलफलमा नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य विजय पौडेल, रामकुमारी झांक्री, जीवनराम श्रेष्ठ, अशेष घिमिरे, अर्जुन राई, दामोदर अर्याल, नरेश शाही, लक्ष्मण लम्साल, आरती लामा लगायत पुगेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More