― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsसिमरामा जेनजी युवालाई मुक्का हानेको आरोपमा अरबिन्द साह पक्राउ

सिमरामा जेनजी युवालाई मुक्का हानेको आरोपमा अरबिन्द साह पक्राउ


राष्ट्रिय

समाचार.

  • बाराको सिमरामा जेनजी समूहका युवालाई मुक्का प्रहार गरेको आरोपमा अरबिन्द साहलाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ।
  • साहसहित ६ जनाविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले दुई जना वडाध्यक्षलाई पनि पक्राउ गरी ७ म्याद थप गरेको छ।
  • नेकपा एमाले महासचिव शंकर पोखरेलसहितका नेता सिमरा आउने थाहा पाएपछि जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका थिए।

४ मंसिर, काठमाडौं । बाराको सिमरामा जेनजी समूहका युवालाई मुक्का प्रहार गरेको आरोपमा अरबिन्द साहलाई प्रहरीले पक्राउ गरेको छ ।

साहलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको हो । बुधबार जेनजी समूहले गरेको विरोध प्रदर्शनमा सिमरा चोकमा वादविादमा साहले जेनजी युवालाई मुक्का प्रहार गरेर फरार भएका थिए ।

साहसहित ६ जना विरुद्ध किटानी जाहेरी परेपछि बारा प्रहरीले आज बिहान २ जना वडाध्यक्षलाई समेत पक्राउ गरेको थियो ।

पक्राउ परेका जीतपुरसिमरा उपमहानगरपालिकामा एमालेबाट निर्वाचित धनबहादुर श्रेष्ठ र कैमुदिन अंसारीलाई प्रहरीले अदालतबाट ७ म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

बुधबार नेकपा एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितका नेता बाराको सिमरा आउने थाहा पाएपछि जेनजी युवाहरूले उनीहरूलाई रोक्न प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा एमाले कार्यकर्ताले हस्तक्षेप गरेपछि झडप भएको थियो । बुधबारको घटनापछि आज बिहीबार पनि सिमरा दिनभरजसो तनावग्रस्त बनेको थियो ।

स्थानीय प्रशासनले जेनजी अगुवाहरूलाई वार्तामा बोलाएपछि अहिले उनीहरूले प्रदर्शन रोकेका छन् ।





Read More