― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsसाफ फुटसल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

साफ फुटसल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ


राष्ट्रिय

समाचार.

  • नेपालको पुरुष र महिला फुटसल टोलीलाई साफ फुटसल च्याम्पियनसिप खेल्न थाइल्याण्ड पठाउने कार्यक्रम एन्फाले आयोजना गरेको छ।
  • एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले नेपालले तयारी राम्रो भएको र उपाधि जित्ने बलियो सम्भावना रहेको बताए।
  • महिला टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप खेल्न लागेको र पुरुष र महिला दुवै टोलीको बिदाइ ऐतिहासिक भएको नेम्वाङले बताए।

२५ पुस, काठमाडौं । यही जनवरी १३ देखि २६ सम्म थाइल्याण्डमा हुने साफ फुटसल च्याम्पियनसिप खेल्ने जाने नेपालको पुरुष र महिला फुटसल टोलीलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै टिमलाई बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले दुवै टोलीलाई बिदाइ गरे ।

पहिलो पटक साफ फुटसल च्याम्पियनसिप आयोजना हुन लागेको हो ।  महिला र पुरुष दुवैको साफ फुटसल च्याम्पियनसिप आयोजना हुन लागेको हो ।

पुरुष फुटसल टिमले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेपनि महिला टिमले पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप खेल्न लागेको हो ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले बिदाइ कार्यक्रममा टिमलाई शुभकामना दिँदै नेपालले तयारी राम्रो भएको र उपाधि जित्ने बलियो सम्भावना भएको बताए ।

पहिलो पटक महिला र पुरुष दुवैको साफ च्याम्पियनसिप एकै पटक हुन लागेको र एकै पटक बिदाइ गर्नु ऐतिहासिक भएको नेम्वाङले बताए ।

एन्फा महासचिव किरण राईले साफ फुटसल च्याम्पियनसिपमा नेपालले स्वरण पदक जित्ने सम्भावना रहेको बताए । यो टुर्नामेन्टले गर्दा अन्य घरेलु महिला प्रतियोगिता समेत अलि पछि सरेकोले राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।

यो टिममा राम्रो सम्भावना भएको र उपाधि जितेमा नेपाली फुसटलमा नयाँ अध्याय सुरु हुने राईले बताए ।

फुटसल कमिटी संयोजक टीका लामाले पहिलो पटक साफ फुटसल हुन लागेको र त्यसमा नेपालले राम्रो गर्ने र उपाधि जित्ने सम्भावना रहेको बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More