― Advertisement ―

GPS ले हिमाल, गगनचुम्बी भवन र देशको फराकिलो भूगोलसँग संघर्ष गरेपछि जापानले आफ्नै स्याटेलाइट नेभिगेसन प्रणाली बनाएको छ।

विशिष्ट रूपमा QZSS को वरिपरिको वातावरण डिजाइन गर्न गाह्रो थियो। भूगोलसात-उपग्रह नक्षत्रले जापानलाई निरन्तर घरेलु नेभिगेसन कभरेजको नजिक ल्याउँछQZS-5 प्रक्षेपणको क्रममा हराएपछि QZS-7 सफलतापूर्वक...
HomeLatest newsसाढे ८ तोला सुन बोकेको भेटिएपछि नेवानिका विमान परिचालक तिवारी निलम्बित

साढे ८ तोला सुन बोकेको भेटिएपछि नेवानिका विमान परिचालक तिवारी निलम्बित


राष्ट्रिय

समाचार.

  • नेपाल वायुसेवा निगमले विमान परिचालक सन्देश तिवारीलाई १ सय ग्राम सुन बोकेको आरोपमा निलम्बन गरेको छ।
  • उनी २७ नोभेम्बरको दोहा-काठमाडौं उडानमा सुन बोकेको दोहा विमानस्थलका भन्सारले पुष्टि गरेको थियो।
  • छानबिन नसकिएसम्म वा तीन महिनासम्म निलम्बन गर्न सकिने कानुनी प्रावधान अनुसार उनलाई निलम्बन गरिएको नेवानिले जनाएको छ।

१४ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले विमान परिचालक (स्टेवार्ड) सन्देश तिवारीलाई निलम्बन गरेको छ ।

२७ नोभेम्बरका दिन ‘आरए २४०’ दोहा-काठमाडौं उडान क्रममा १ सय ग्राम (साढे ८ तोला) सुन बोकेको देखिएपछि उनी छानबिनमा परेका छन् ।

छानबिन नसकिएसम्म वा बढीमा तीन महिनासम्म निलम्बन गर्न सकिने कानुनी प्रावधान अनुसार उनी निलम्बनमा परेको नेवानिले जनाएको छ ।

उनले साथमा १ सय ग्राम सुन बोकेको दोहा विमानस्थलका सम्बन्धित भन्सार पदाधिकारीको सोधपुछ तथा खानतलासीका क्रममा पुष्टि भएको थियो । दोहास्थित स्टेसन म्यानेजर समेतको रोहवरमा समस्या समाधान गर्ने क्रममा उक्त उडान ३०/३५ मिनेट ढिला भएको पाइएको थयो ।





Read More